काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
जसमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।
सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।