बुधबार, भाद्र २५,२०८२ 05:23:52
  • बुधबार, भाद्र २५,२०८२ 05:23:52
Global IME Bank Limited

बाढीपहिरोपीडितलाई सिटिजन्स बैंकको साथ, प्रधानमन्त्री राहात कोषमा २५ लाख सहयोगको घोषणा

Hyundai Nepal
बाढीपहिरोपीडितलाई सिटिजन्स बैंकको साथ, प्रधानमन्त्री राहात कोषमा २५ लाख सहयोगको घोषणा

काठमाण्डौ । विगत दुई दिनदेखि परेको अविरल वर्षा, त्यसपछिको बाढीपहिरो लगायतका कारण प्रभावितहरुलाई राहात तथा उद्धार कार्यमा सहयोगका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।  

बैंकले बाढीपहिरोपीडितको राहात तथा उद्धारका लागि प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपालको धेरैजसो स्थानमा नराम्ररी असर परेको छ, दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंसहित विभिन्न नदीमा आएको बाढीले  दर्जन बढीले ज्यान गुमाइसकेका छन् । 

नागरिकको जनजीवन समस्यामा परेको बेला राहात तथा उद्धारमा खटिएको सरकारलाई सहयोग गर्ने उद्देश्यले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ।'

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.