सोमबार, फाल्गुन ११,२०८२ 03:42:17
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 03:42:17
Bizshala
Global IME Bank Limited

बाढीपहिरोपीडितलाई सिटिजन्स बैंकको साथ, प्रधानमन्त्री राहात कोषमा २५ लाख सहयोगको घोषणा

बाढीपहिरोपीडितलाई सिटिजन्स बैंकको साथ, प्रधानमन्त्री राहात कोषमा २५ लाख सहयोगको घोषणा
Shivam Cement

काठमाण्डौ । विगत दुई दिनदेखि परेको अविरल वर्षा, त्यसपछिको बाढीपहिरो लगायतका कारण प्रभावितहरुलाई राहात तथा उद्धार कार्यमा सहयोगका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।  

बैंकले बाढीपहिरोपीडितको राहात तथा उद्धारका लागि प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपालको धेरैजसो स्थानमा नराम्ररी असर परेको छ, दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंसहित विभिन्न नदीमा आएको बाढीले  दर्जन बढीले ज्यान गुमाइसकेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नागरिकको जनजीवन समस्यामा परेको बेला राहात तथा उद्धारमा खटिएको सरकारलाई सहयोग गर्ने उद्देश्यले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ।'

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.