काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक स्थापना दिवस मनाएको छ ।
साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीजिल्लामा केन्द्रीय कार्यालय रहेको कम्पनीले माघ ७ गते आफ्नो सातौं वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।
उक्त अवसरमा कम्पनीले वित्तीय जनचेतनासहित प्रभातफेरी कार्यक्रम गरेको छ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार लामाले चितवनको भरतपुुर महानगरपालिका४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
कम्पनीले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधाउपलब्ध गराउँदै आएको बताएको छ ।
साथै कम्पनीले १ लाख ३६ जना सदस्यहरुलाई सेवाका साथै विभिन्न उद्देश्यमा ३६ हजार ४१३ जना ग्राहकहरुमा बाँकी कर्जा ४ अर्ब ८४करोड प्रबाह गरेको छ ।
त्यस्तै कम्पनीमा ग्राहक सदस्यहरुको बचत १ अर्ब २६ करोड रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ४९ करोड ७४लाख १५ हजार ९४१ रुपैयाँ छ ।