आईतवार, असार २२,२०८२ 05:48:22
  • आईतवार, असार २२,२०८२ 05:48:22
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैंकले अगामी वैशाख ७ गते आउदै गरेको १७ औं वार्षिकोत्सव लाई मध्यनजर गर्दै चैत्र २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।

बैंकले सुदुरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानिय सिएस अस्पताल सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ । यसैगरी बागमती प्रदेशको काठमाण्डौ जिल्लाअन्तर्गत कपनशाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कार्यक्रममा सरस्वती नगरको परिक्रमा र्यालीका साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै बिरामीहरुको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.