बुधबार, फाल्गुन ६,२०८२ 08:01:27
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:01:27
Bizshala
Global IME Bank Limited

विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक

विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार अधिकांश विकास बैंकको वित्तिय विवरण लगानीकर्ताले अपेक्षा गरे अनुसार आउन सकेको छैन । वाणिज्य बैंकहरु जस्तै विकास बैंकहरुको प्रतिवेदन पनि अपेक्षा अनुरुप आउन नसकेको हो ।  

त्रैमासिक प्रतिवेदन अनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै देखिएको छ । कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख ३१ हजार  रुपैयाँ रहेको छ । दोस्रो स्थानमा रहेको शाइन रेशुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा करिब १५ करोड रुपैयाँ रहेको छ ।  

त्यसैगरि तेस्रो र चौथो स्थानमा रहेका गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा क्रमशः १० करोड र ९ करोड हाराहारी छ । अधिकांश बैंकहरुको खराव कर्जा बढ्दा प्रोभिजनका लागि रकम छुट्टाउनु पर्दा बैंकहरुको वितरणयोग्य मुनाफामा असरको परेको छ ।  

नेप्सेमा सूचिकृत १६ वटा विकास बैंकहरुमध्ये ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । जसमध्ये ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ऋणात्मक छ । यो बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यसैगरि, कर्णाली विकास बैंकको २ करोड ५१ लाख ३४ हजार , एक्सेल डेभलपमन्ट विकास बैंकको ८ करोड ३१ लाख , सिन्धु विकास बैंकको ७ करोड ३३ लाख , सप्तकोशी डेभलपमेन्ट बैंकको ४७ करोड ८७ लाख , सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड १ लाख रुपैयाँ भन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।

विकास बैंकहरुमध्य सधै पहिलो स्थानमा रहंदै आएको मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य गिरावट आएको छ । यो बैंकको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै रहेको छ ।  

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.