लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् । असार २४ गते बसेको बैंकको सञ्चालक समितिको ५२८ औं बैठकले आचार्यलाई बेंकको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

