लुम्बिनी विकास बैंकद्वारा लाभांश नदिने निर्णय
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

