मंगलवार, आश्विन १३,२०८३ 09:33:35
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:33:35
Bizshala
Global IME Bank Limited

लुम्बिनी विकास बैंक डूब्दैछ ? वित्तीय विवरणले जारी गर्‍यो रेड अलर्ट !

Bizshala
लुम्बिनी विकास बैंक डूब्दैछ ? वित्तीय विवरणले जारी गर्‍यो रेड अलर्ट !
New Office

काठमाण्डौ । केही समयअघि मात्र नेपाल राष्टबैंकको कारबाहीमा परेको र पछिल्लो समय बैंकका कमजोरीहरु छोपछाप गर्नतर्फ लागेको लुम्बिनी विकास बैंकको पछिल्लो अवस्थामा सुधार नहुने हो भने यो संस्था डूब्ने बाटोतर्फ अगाडि बढेको देखिएको छ ।

खराब कर्जा गत वर्षको तुलनामा अत्यधिक बढेर थलिने अवस्थामा पुगेको छ भने यसको सोझो प्रभाव बैंकको नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक करिब ३५ करोड खूद घाटामा गएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंक २० करोड १९ लाख बढी नाफामा थियो ।  

घाटा अत्यधिक बढेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ६२ पैसाले ऋणात्मक बन्न पुगेको छ ।  

अघिल्लो वर्ष २९ करोड ३५ लाख बढी सञ्चालन मुनाफा गरेको यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड २९ लाख बढी सञ्चालन घाटा व्यहोरेको छ ।  

अघिल्लो वर्षको यही अवधिमा ३.६९ प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर ७.७८ प्रतिशत पुगेको छ । यसरी खराब कर्जा गत वर्षको तुलनामा १११ प्रतिशतले बढेको देखिएको हो । यहीकारण इम्पेयरमेन्ट चार्ज मात्र बढेर ७० करोड ८९ लाख पुगेको छ । अघिल्लो वर्ष कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ५ करोड २४ लाख हाराहारी मात्रै इम्पेयरमेन्ट चार्जमा पैसा राख्नुपरेको थियो ।  

लुम्बिनी विकास बैंकको उच्च व्यवस्थापन रिकभरिमा असफल देखिँदा त्यसको प्रभाव नाफा, इपीएसमा त देखिएको छ नै, खूद ब्याज आम्दानी पनि अघिल्लो वर्षको ४५ करोड ९८ लाखबाट घटेर ४५ करोड ३८ लाखमा झरेको छ । 

बैंक घाटामा गएपछि रिटर्न अन इक्वीटी २०.६५ प्रतिशतले नेगेटिभ बन्न पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ११.७१ प्रतिशतले धनात्मक थियो । रिटर्न अन एसेट पनि २.०८ प्रतिशतले नेगेटिभ बनेको छ, जुन अघिल्लो वर्ष यही अवधिसम्म २.३८ प्रतिशतले धनात्मक थियो ।  

बैंकको रिटर्न अन टोटल एसेट पनि ०.५३ प्रतिशतले ऋणात्मक बनेको छ भने मूल्य आम्दानी अनुपात पनि ४६.१५ गुणाले ऋणात्मक बनेको छ ।  

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म करिब ३१ करोड रहेको वितरणयोग्य मुनाफा यो वर्ष १७ करोड ३४ लाखले ऋणात्मक बनेको छ ।  

यो बैंकको निक्षेप तथा कर्जा पनि घट्दै गएको देखिएको छ, जुन राम्रो संकेत होइन । समीक्षा अवधिसम्म ५६ अर्ब १४ करोड निक्षेप संकलन गरी ४६ अर्ब ५७ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । जबकि अघिल्लो वर्षको यही अवधिसम्म यो बैंकले ५७ अर्ब ५९ करोड बढी निक्षेप संकलन गरी ४७ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.