काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनु पर्नेछ ।
यस्तो आवेदन डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रुपमा दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।