मंगलवार, आश्विन १३,२०८३ 09:31:40
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:31:40
Bizshala
Global IME Bank Limited

लुम्बिनी विकास बैंकको लाभांश क्षमता १६.९९% पुग्यो, नाफा २५२% ले वृद्धि

Bizshala
लुम्बिनी विकास बैंकको लाभांश क्षमता १६.९९% पुग्यो, नाफा २५२% ले वृद्धि
New Office

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले नाफा तथा व्यवसायमा सुधार गर्दै सेयरधनीहरुका लागि लाभांश दिनसक्ने क्षमता बढाएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै लाभांश क्षमता १६.९९ प्रतिशत पुर्याएको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंक सेयरधनीहरुलाई ५.०९ प्रतिशत मात्रै लाभांश दिनसक्ने अवस्थामा थियो । यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत २३३.८९ प्रतिशतको वृद्धिका साथ ६१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो रकम १८ करोड ४३ लाखमा सीमित थियो ।

चौेथो त्रैमाससम्म बैंकले ८५ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंकले २४ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुगेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने २० करोड ६० लाखबाट घटेर १८ करोड ४२ लाखमा सीमित बन्न पुगेको छ ।

यो अवधिमा सम्भावित नोक्सानीका लागि बैंकले १३ करोड ५० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवमा भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि ७७ करोड ८७ लाख छुट्टाएको थियो ।

यस्तै बैंकको खराब कर्जा अनुपात भने ४.७१८ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड भने ५.३५ प्रतिशतबाट घटेर ३.९५ प्रतिशतमा सीमित बनेको छ । रिटर्न अन इक्विटी ३.५० प्रतिशतबाट बढेर १०.९९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि उल्लेख्य बढेको छ । अघिल्लो आवमा ६.५५ प्रतिशतमा सीमित रहेको ईपीएस बढेर २३.४८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५८ गुणा र तरलता अनुपात २७.८९ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.