ज्योति विकास बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

