काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न साधारण सभाबाट ५ जना सञ्चालक निर्वाचित भएका हुन् ।
संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी .समूह ख) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक गरी ५ जना सञ्चालको निर्वाचन भएको हो ।
निर्वाचित हुने सञ्चालमा हरि चन्द्र खड्का, राज कुमार श्रेष्ठ, सन्तोष अधिकारी,धुव्र कोइराला र नरेश राज आर्चाय रहेका छन् ।
यस्तै बैठकले संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने हरि चन्द्र खड्कालाई अध्यक्ष चयन गरेको छ ।