काठमाण्डौ । ज्योति विकास बैंकले भुक्तानी हुन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले सेयरधनीलाई भुक्तानी गर्नुपर्ने लाभांश उक्त लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म सम्बन्धित सेयरधनी वा निजको हकवाला लिन नआएकाले भुक्तानी गर्न बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको हो ।
लाभांशसँग सम्बन्धी विवरण बैंकको वेवसाइटमा प्रकाशित गरीएको बैंकले जनाएको छ । बैंकले लाभांश लिन बाँकी संस्थापक ्र सेयरधनीहरुलाई बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीमा र सर्वसाधारण सेयरधनीहरुलाई एनआईएमबी एस क्यापिटलमा सम्पर्क गरी आफ्नो लाभांश बुझि लिन भनेको छ ।