सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सिजापति नियुक्त
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापतिलाई नियुक्त गरेको छ। बैंकको भदौ १९ गते बिहान ९ बजेदेखि १० बजेसम्म बसेको ३९८औँ सञ्चालक समितिको बैठकले सिजापतिलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

