सोमबार, भाद्र १५,२०८३ 08:21:49
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 08:21:49
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख, कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान

भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कुल सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट ५० लाख र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ।

Bizshala
CG Motors

सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै बैंकले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

विपद् प्रभावितको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले स्पष्ट पारेको छ। बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा आफ्नो सेवा सञ्जाल थप विस्तार गर्ने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.