मंगलवार, फाल्गुन ५,२०८२ 07:32:03
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:32:03
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंक र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सम्झौता

गरिमा विकास बैंक र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सम्झौता
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

कार्तिक २८ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’ को तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस सम्झौतापश्चात् ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’ले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ र सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंकबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आर्कषक व्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेतप्राप्त गर्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ ।  

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.