काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउन्टरबाट फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
सो एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यका भित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।