काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यही कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले लाभांश पारित गर्न कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि १९ औं साधारण सभा आयोजना गर्दैछ ।

