बुधबार, भाद्र २५,२०८२ 10:24:00
  • बुधबार, भाद्र २५,२०८२ 10:24:00
Global IME Bank Limited

सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)

Hyundai Nepal
सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)

काठमाण्डौ । विकास बैंकहरुको समूहमा सबैलाई पछाडि धकेल्दै गरिमा विकास बैंकले पहिलो स्थानमा बाजी मारेको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणअनुसार गरिमा विकास बैंकले महत्वपूर्ण सूचकहरुमा अन्य विकास बैंकलाई पछाडि पारेर पहिलो नम्बरमा उक्लिने सफलता पाएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गरिमाले दोश्रो त्रैमाससम्ममा ५१ करोड २५ लाख बढी खूद नाफा आर्जन गरेको छ । अरुबेला नाफामा समेत पहिलो स्थानमा देखिने मुक्तिनाथ विकास बैंक ४२ करोडसहित दोश्रो नम्बरमा धकेलिएको छ ।  

गरिमाको सञ्चालन मुनाफा, वितरणयोग्य मुनाफा, वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि निकै राम्रो देखिएको छ ।

सञ्चालन मुनाफा सबैभन्दा बढी ७३ करोड, इपीएस पनि सबैभन्दा बढी १८.०६ रुपैयाँ कायम भएको छ ।  

मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा ६१ करोड ६९ लाख रुपैयाँ रहेको छ भने इपीएस ११.९२ रुपैयाँमा सीमित भएको छ ।  

साइन रेसुंगा ३७ करोड नाफासहित तेश्रो स्थानमा छ । इपीएसमा कामना सेवा दोश्रो र साइन दोश्रो स्थानमा छ । कामना सेवा दोश्रो त्रैमासको वार्षिकीकृत इपीएस १५.७८ र साइनको १५.६८ रुपैयाँ रहेको छ ।  

वित्तीय विवरण प्रकाशन गरेका राष्टिय स्तरका ७ विकास बैंकमध्ये मुक्तिनाथ र ज्योतिको वितरणयोग्य मुनाफा ऋणात्मक छ भने बाँकी सबैको धनात्मक छ ।  

खराब कर्जाको अनुपात ज्योतिमा धेरै छ । यहाँ ४.८८ को अनुपातमा खराब कर्जा रहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.