काठमाण्डौ । नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्ने बैंकले जनाएको छ । यो योजनाको अवधि वैशाख १ गतेदेखि वैशाख ३ गतेसम्म रहने बैंकले जनाएको छ ।
साथै,बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको उल्लेख गरेको छ । ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।