आईतवार, बैशाख ६,२०८३ 02:07:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:07:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्धहरुलाई गरिमा बैंकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा दिने

Bizshala
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्धहरुलाई गरिमा बैंकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा दिने
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने भएको छ ।  

यो सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच एक सम्झौता सम्पन्न भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्यूनतम आवश्यक कागजातमा रु.७५ हजारदेखि रु.५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो रु.१५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ ।

हाल गरिमा विकास बैंक लिमिटेडले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.