आईतवार, बैशाख ६,२०८३ 02:06:26
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:06:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

Bizshala
गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत साउन ४ गते ३५ दिने सूचना जारी गरि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसर्थ सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाउनु पर्नेछ । 

यस्तै बैंकले अर्को सूचना जारी गर्दै १ लाख ८ हजार १३० कित्ता संस्थापक सेयर पनि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि भने बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.