आईतवार, बैशाख ६,२०८३ 02:09:25
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:09:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता

Bizshala
गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ  । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियमअनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।  

साथै, रु ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवालिन सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, यस सम्झौतापश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठनसँग  काठमाण्डौमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

गरिमा विकास बैंकले काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.