मंगलवार, कार्तिक ३,२०८३ 04:34:16
  • मंगलवार, कार्तिक ३,२०८३ 04:34:16
Global IME Bank Limited

आफ्नै भवनमा सर्‍यो गरिमा विकास बैंकको केन्द्रीय कार्यालय

गभर्नर पौडेलद्वारा बालुवाटारस्थित नवनिर्मित भवन उद्घाटन, बैंकको ‘नयाँ अध्याय’ सुरु भएको सीईओ उपाध्यायको घोषणा

Bizshala
आफ्नै भवनमा सर्‍यो गरिमा विकास बैंकको केन्द्रीय कार्यालय
New Office

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ।

काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको बैंकको नयाँ केन्द्रीय कार्यालय बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरेका हुन्। नयाँ भवन उद्घाटनसँगै यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय औपचारिक रूपमा बालुवाटार सरेको छ।

स्याङ्जाको वालिङबाट २०६४ साल कात्तिक १८ गते वित्तीय कारोबार सुरु गरेको बैंकले २०६७ साल वैशाख १ गते पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि बैंकले २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाट सारेको थियो।

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा भवन परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा पनि गरिएको बैंकले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सेयरधनी, कर्मचारी र ग्राहकको उपस्थिति थियो।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गरे। आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै गरिमा विकास बैंकको नयाँ अध्याय सुरु भएको उनको भनाइ थियो।

बैंकको सफल व्यावसायिक यात्रामा लाखौं ग्राहक, हजारौं सेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उनले बताए। संस्थागत सुशासन र सरोकारवालाको विश्वासलाई केन्द्रमा राखेर बैंक अघि बढिरहेको सीईओ उपाध्यायको भनाइ छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने उनले बताए।

गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.