आईतवार, बैशाख ६,२०८३ 02:11:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:11:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंकद्वारा वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Bizshala
गरिमा विकास बैंकद्वारा वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले १९औ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगतका वर्षहरुमा जस्तै मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विकास बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन गरेको छ ।

विकास बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी ‘स्वस्थ जीवनशैली का लागि खेलकुुद’ भन्ने नाराका साथ विकास बैंकले हिजो मिति २०८२ मंसिर ६ गते गरिमा रोड रेसअन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेस, २०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको छ जसमा १ हजार भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.