काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ९.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । आज बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षका लागि ९.५० प्रतिशत बोनस सेयर ०.५० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।