बिहीबार, चैत्र २१,२०८१ 04:31:52
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:31:52
IME remit
Global IME Bank Limited

गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी

Hyundai Nepal
गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । 

Shivam Cement
Bizshala
CG Motors

बैंकको भदौ ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरिमा विकास बैंकमा २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । चार्टर्ड एकाउन्टेन्ट रेग्मीले नायव सीईओको रुपमा असोज १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।  

रेग्मीले २०८० चैत १५ गतेदेखि गरिमा विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेञ्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ बर्ष काम गरेको अनुभव छ ।  

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरेको अनुभव समेत छ ।  

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएमबाट आफ्नो सेवा दिंदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.