शुक्रबार, कार्तिक २०,२०८३ 06:17:12
  • शुक्रबार, कार्तिक २०,२०८३ 06:17:12
Global IME Bank Limited

नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण

Bizshala
नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण
New Office

काठमाण्डौ । नेपालका लागि JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.ले नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ।

कम्पनीले होटल सिद्धार्थ नेपालगञ्जमा आयोजना गरेको ‘Partner in Progress’ कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरेको हो। कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

JCB AgriMax सामग्री ह्यान्डलिङका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो। बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पलगायत परिवर्तन गर्न मिल्ने एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग तथा प्लान्ट एन्ड हायर व्यवसायमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा JCB 3DX Super, JCB 225 LCM Excavator तथा JCB Genset समेत प्रदर्शनीमा राखिएको थियो।

Garima Development Bank
Bizshala
IME remit

सोही अवसरमा कम्पनीले १० जना ग्राहकलाई विभिन्न JCB मेसिनसमेत हस्तान्तरण गरेको छ। एम.ए.डब्लु. अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए।

JCB AgriMax को अनावरण नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल के.सी., महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एम.ए.डब्लु. अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत सुवेदीले संयुक्त रूपमा गरेका थिए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.