बिहीबार, मंसिर ३,२०८३ 06:47:31
  • बिहीबार, मंसिर ३,२०८३ 06:47:31
Global IME Bank Limited

प्रोटोन ई.मास ७ ले जित्यो आसियान एनक्यापको ‘सेफ्टी असिस्ट’ अवार्ड

Bizshala
प्रोटोन ई.मास ७ ले जित्यो आसियान एनक्यापको ‘सेफ्टी असिस्ट’ अवार्ड
New Office

काठमाण्डौ । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले आसियान एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा ‘सेफ्टी असिस्ट’ विधामा सम्मान प्राप्त गरेको छ। मलेसियाको सेपाङमा नोभेम्बर १० मा आयोजित कार्यक्रममा चालक सहायता तथा दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने सुरक्षा प्रविधिको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।

ई.मास ७ ले यसअघि सन् २०२४ मा गरिएको आसियान एनक्याप परीक्षणमा समग्रमा ९२.५७ अंकसहित पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेको थियो। परीक्षणमा यसको ‘सेफ्टी असिस्ट’तर्फको प्राप्तांक २० पूर्णांकमा २० थियो। परीक्षण गरिएको प्रिमियम भेरियन्टमा स्वचालित आपत्कालीन ब्रेकिङ, लेन किप असिस्ट, अगाडि ठोक्किन सक्ने जोखिमबारे चेतावनी दिने प्रणाली र ब्लाइन्ड स्पट डिटेक्सनलगायत सुरक्षा सुविधा समावेश थिए।

CG Motors
Garima Development Bank
IME remit

प्रोटोनले मलेसियामा ल्याएको सन् २०२६ को प्रिमियम भेरियन्टमा थप तीन चालक सहायता सुविधा समावेश गरेको छ। यसमा आपत्कालीन अवस्थामा अवरोधबाट जोगिन सहयोग गर्ने इभेसिभ म्यानुभर असिस्ट, अगाडिको आडबाट आउने सवारीबारे चेतावनी दिने फ्रन्ट क्रस ट्राफिक अलर्ट र लेन परिवर्तनमा सहयोग गर्ने एक्टिभ लेन चेन्ज असिस्ट छन्।

बिक्रीतर्फ कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म ई.मास ७ का ५ हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबरमा मात्रै यस मोडलका ६१६ युनिट बिक्री भएका थिए। सोही अवधिमा ई.मास ब्रान्डका पूर्ण विद्युतीय तथा प्लगइन हाइब्रिड मोडलसहित कुल बिक्री ३५ हजार ७३० युनिट पुगेको कम्पनीले जनाएको छ।

नेपालमा ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। उपलब्ध विवरणअनुसार प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसले डब्लूएलटीपी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। प्रिमियममा भने ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसको डब्लूएलटीपी रेन्ज ४१० किलोमिटरसम्म रहेको छ।

दुवै भेरियन्टले ११ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्छन्। डीसी फास्ट चार्जिङ क्षमता भने प्राइममा ८० किलोवाट र प्रिमियममा १०० किलोवाटसम्म रहेको छ। कम्पनीका अनुसार डीसी फास्ट चार्जिङबाट दुवै भेरियन्टको ब्याट्री करिब २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

ई.मास ७ मा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट तथा गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल टु लोड अर्थात् भीटूएल सुविधा पनि उपलब्ध छ। यसमा रहेको ७ नानोमिटर इन्टेलिजेन्ट ककपिट चिपले नेभिगेसन, भ्वाइस कन्ट्रोल र मनोरञ्जन प्रणाली सञ्चालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.