काठमाडौं। गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाट गाउँपालिकाको मान्बु र सोती जोड्ने मोटरेबल पुल बगाएको छ। बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घरसमेत बगाएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा प्रहरीले सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।