काठमाडौं। चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्। उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रहसमेत गरेका छन्।
गृहमन्त्री गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। त्यस्तै, घट्टेखोला क्षेत्रमा लेदोसहितको बाढी घरहरूमा पसेको र नदीको बहाव निरन्तर बढिरहेको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न परिचालन गरिएको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।