काठमाडौं। बाढीपहिरोका कारण बागमती र गण्डकी प्रदेशका पाँच सडकखण्डमा आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै चार खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ ।
रसुवामा बाढीका कारण भदौ १० देखि अवरुद्ध मुख्य राजमार्ग अझै पूर्ण सञ्चालनमा आएको छैन । धादिङको धुनिबेंसी नगरपालिका–९, खत्रीपौवामा असोज २१ देखि पहिरोले प्रभावित त्रिभुवन राजपथमा भने एकतर्फी यातायात चलिरहेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडक पनि एकतर्फी सञ्चालनमा छ ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्ती पहिरो क्षेत्रमा कालीगण्डकी करिडोर एकतर्फी खुले पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
मनाङमा बाढीले प्रभावित बेँसीसहर हुँदै खाङसारसम्म जाने सडकमा समेत एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।