बाढीपहिरोले कुन–कुन राजमार्ग अवरुद्ध छन् ?
काठमाडौं। देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्।ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि बन्द छन्।

