काठमाण्डौ । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा वुलिङले आफ्ना ईभी मोडलमा दीर्घकालीन वारेन्टीसहित बजार विस्तारलाई निरन्तरता दिएको छ।
विश्व बजारमा स्थापित अटोमोबाइल ब्रान्ड वुलिङले नेपालमा हाल एक्सिङ, मिनी ईभी र डेरियन गरी तीन फरक सेग्मेन्टका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ। नेपालमा वुलिङका सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रालिले गर्दै आएको छ।
कम्पनीका अनुसार यी तीन मोडलले सहर केन्द्रित दैनिक आवागमनदेखि पारिवारिक यात्रा र बहुउपयोगी सवारीको आवश्यकता समेट्ने गरी फरक–फरक सेग्मेन्ट लक्षित गरेका छन्।
तीन फरक मोडल
वुलिङ एक्सिङ पाँच प्लस दुई सिट क्षमताको विद्युतीय एसयूभी हो। यसमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री, एकपटकको चार्जमा ५३० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध छ।
वुलिङ मिनी ईभी भने कम्प्याक्ट तथा सहरी प्रयोगलाई लक्षित मोडल हो। यसमा २५.१ किलोवाट आवर क्षमताको ब्याट्री, एकपटकको चार्जमा ३०१ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज र ३० किलोवाट क्षमताको मोटर रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, वुलिङ डेरियन सात सिट क्षमताको एमपीभी हो। यसमा ६९.२ किलोवाट आवरको ब्याट्री, ५४० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज, १५० किलोवाट मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध छ।
मोटर र हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी
वुलिङले आफ्ना मोडलमा ट्र्याक्सन मोटर तथा हाई–भोल्टेज ब्याट्रीका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यति अवधिसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।
विद्युतीय सवारी खरिद गर्दा उपभोक्ताका लागि ब्याट्री र मोटरको दीर्घकालीन टिकाउपन तथा मर्मत खर्च प्रमुख चासोको विषय बन्ने भएकाले यस्तो वारेन्टीले स्वामित्व अनुभवप्रति थप विश्वास बढाउने कम्पनीको दाबी छ।
कम्पनीले प्रविधि, व्यावहारिक डिजाइन, आराम, सुरक्षा र दीर्घकालीन स्वामित्वलाई केन्द्रमा राखेर नेपालमा आफ्नो ईभी उत्पादन शृंखला विस्तार गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।