काठमाण्डौ । सधैंको साता जस्तै आज पनि नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा हामी राजधानीका केही ब्रोकर हाउस धाएका छौं । पछिल्लो समय बजार केही सुस्त हुँदै गए पछि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति केही कम हुँदै गएको छ । ब्रोकर हाउसहरुमा चार्डपर्वको विषयले पनि स्थान पाउन थालेको छ ।
ग्राउण्ड जिरोको सुरुवात हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९)बाट सुरु गरेका थियौं । बिहान ११ नबज्दै हामी त्यहाँ पुग्दा लगानीकर्ताहरुको उपस्थिति सुरु भईसकेको थियो । लगानीकर्तामा आज बजार के होला भन्ने उत्सुकता व्याप्त थियो । यतिकैमा एक जना कालो चस्मा लगाएका चिटिक्क परेका लगानीकर्ता ‘नमस्कार है’ साथिहरु भन्दै ब्रोकरहाउस छिरे ।
ब्रोकर हाउस छिरेपछि उनले भित्ताको डिस्प्लेतिर नजर डुलाए । बजारको अवस्था हेरेपछि उनले भने ,‘बजारले झुक्कायो साथिहरु । बढ्दा पनि यसरी नै झुक्कायो । विष्णृु पौडेल अर्थमन्त्री हुँदाको दिन घटेर झुक्कायो । त्यस पछि निरन्तर बढेर ३० अर्बको कारोबारसहित ३ हजार विन्दुसम्म पुग्यो । त्यसेबला म त राजधानीमा थिइन । रुकुम तिर गएको थिए । सेयर हेर्न नै फुसर्द भएन । साथिहरुले भने पत्तौ नै नदिई सेयर बेचि भ्याएछन् ।’
उनीसंगै बसेका लगानीकर्ताले बढेको बजारबाट खासे लाभ नभएको ग्ुनासो गरे । ‘बरु यो सिंह भन्ने साथिले ६० लाख जति कमायो रे यो बुल्लमा । यिनको दशैं राम्रै हुने भयो । हाम्रो त त्यहि पहिले कै जस्तो,’ उनले भने । उनको भनार्इ सुनेपछि ब्रोकर हाउसमा हाँसो गुन्जियो । हाँसो मत्थर भएपछि सिंह भन्ने लगानीकर्ताले नाफा कमाए पनि त्यत्ति धेरै भने नभएको बताए । ‘अहिले बजारले एउटा बलियो टेको खोजेको छ । दशैं तिहार पछि बास्तिविक बुल सुरु हुन्छ । ३२ सय पछि मात्रै बुल हो,’ उनले भने । यस बेलासम्म दिनको १२ बजिसेकेको थियो । बजार केही अंकले बढेको थियो ।
यहाँबाट हामी चारखालस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति अघिल्लो साताहरुमा भन्दा कम थिए । यहाँ उपस्थित भएकामध्ये एक लगानीकर्ताले एभरेष्ट बैंकले कम लाभांश घोषणा गर्दा त्यसको असर आज बजारमा परेको दाबी गरे । ‘यो सेयर बजारमा नजाँनिदो रहेछ साथिहरु । मेरो त विवाह पनि भएन । न त सेयर बेच्न सकियो । अब आउने बुलमा त जसरी नि बेच्ने हो,’ यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भनेको सुनियो ।
एक जना लगानीकर्ताले सिएचडिसी र एचआरएलको अबस्थाका बारेमा जिज्ञाशा राखे । ‘अहिले यी दुवै कम्पनी सेलाएका छन्,’ अर्को लगानीस्कर्ताले जवाफ फर्काए । बजार सुस्त गतिमा चल्दै थियो । ब्रोकर हाउसको वातावतरण केहिले शान्त त कहिले हो–हल्लापूर्ण भईरहेको थियो । ‘अघिल्लो बुलमा एसटीसी ३० हजार र सीआईटी १५ हजार भन्थे । अहिले पनि सीआइटीको हकप्रदको हल्ला छ बजारमा,’ अग्रपंक्तिमा बसेका कुनै एक लगानीकर्ताले भनेको सुनियो । ब्रोकरहाउसमा यस्तै वार्तालाप चल्दै थिए । बजार भने सामान्य अंकले बढेको थियो ।
यहाँबाट हामी क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२)तर्फ लाग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति पहिलेको तुलनामा कम थियो । यहाँ भेटिएका लगानीकताहरुले दशैं अगाडी एउटा राम्रै मुभ आउन सक्ने आँकलन पनि गरे । आज मध्यान्हसम्म पनि बजार राम्रै अंकले बढेको थियो ।
यहाँबाट हामी क्रियटिभ सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४०) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति ठीकै थियो । यहाँ भेटिएका लगानीकर्ताहरुले पनि बजार केही समय साइड वेज जाने तर्क गर्दै थिए । एक जना लगानीकर्ताले अब आउने मौद्रिक नीतिको समीक्षामा व्यत्तिलगततर्फको क्याप हटे पछि मात्रै बजारले गति लिने तर्क गरे ।
आज २ बजे पछि भने दिनभर बढेको बजारमा विस्तारै बिक्री दबाव परेको थियो ।