आईतवार, बैशाख ६,२०८३ 02:23:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:23:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन् ‘मौद्रिक नीति असारभित्रै आउन पनि सक्छ’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन् ‘मौद्रिक नीति असारभित्रै आउन पनि सक्छ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरतन्तरता दिएका छौं । आज राजधानीको मौसमा सामान्य बदली भएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति पनि सामान्य नै देखिन्थ्यो । आज हामीले सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) बाट हाम्रो स्तम्भ सुरु गर्यौ ।

आज कारोबारको सुरुवातमा बजार सामन्य अंकले बढेको थियो भने पहिलो प्रहरमा कारोबार पनि बढेको थियो । लगानीकर्ता आफ–आफ्नै सुरमा बजारको अवस्था हेर्नमा व्यस्त थिए । यतिकैमा एक लगानीकर्ताले डिस्प्ले बोर्ड हेर्दै भने,  ‘लौ आज पनि हाइड्रो क्षेत्र नै बढ्ने भयो । मलाई त बिहान साथीहरुबाट बुटवल पावर , सामलिङ्ग पावर , ङादी जलविद्युत र बरुण कम्पनी भन्दै म्यासेज आएको थियो ।’  

‘आज पनि तिनै कम्पनी चल्ने जस्तो छन् । मैले पनि यिनै कम्पनीको नाम सुनेको हो,’ अर्को एक लगानीकर्ताले थप्दै भने ‘ मलाइ साथीहरुले सहास उर्जा कम्पनी पनि हुन्छ है भन्दै थिए । अहिले त बजार नै ग्रुपमा चल्यो भने आम्दानी भयो, हैन भने सेयर बजारमा कमाउन धेरै मुश्किल छ ।’ यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ता आफूले युनिभर्सल पावर कम्पनीको सेयर किनेको, त्यस पछि बढ्नै नसकेको भन्दै गुनासो गर्दै थिइन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्रोकर हाउसमा यस्तै जलविद्युत कम्पनीहरुको चर्चा चल्दै थियो । भित्ताको घडिमा १२ बज्दै थियो । यहाँबाट हामी कमलादीस्थित कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ता मध्यान्हको झरीलाई पनि बेवास्था गर्दै छाता ओडेर ब्रोकर हाउसमा आँउँदै थिए । यतिकैमा एक लगानीकर्ताले भने ‘सुन व्यवसायी आँन्दोलनमा छन् । सुन व्यापारीहरु पनि सेयर बजारमा आउदै छन् रे । गत साता यहि भएर साढे १२ अर्ब बढीको कारोबार भएको हो ।  

यहाँबाट हामी नजिकै रहेको मियो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । केहीले खेलाडीको सेयर मात्रै चलेको अरु हेरेको हेर्यै भएको गुनासो गर्दै थिए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । ब्रोकरका सञ्चालकले अझै पनि बजारमा कन्फिडेन्स आउन नसकेको कारण बजार बढ्न नसकेको तर्क गरे ।

तर बजारमा केही कम्पनी भने बढेको उनले बताए । उनले थप्दै भने ‘यद्यपी बजार परिपक्क भने बन्दै गएको छ । बजारमा नयाँ युवा लगानीकर्ता आएका छन् । यहि कारण बजार केही फरक र पृथक हुँदै गएको छ ।’  

CG Motors
Garima Development Bank
IME remit

यहाँबाट हामी दक्षिणकाली सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३३) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु कारोबारमा मस्त देखिन्थे । यहाँ भेटिएका लगानीकर्ताहरुले गत साता नेपाल राष्ट्र बैंकले रेवत बहादुर कार्कीको संयोजकत्वमा बनाएको बैकिङ सुधार समिति निकै राम्रो भएको तर्क गरे । यतिकैमा एक लगानीकर्ताले प्रश्न गरे, ‘मौद्रिक नीति कहिले आउने हो ?’ उनलाई जबाफ दिँदै एक लगानीकर्ताले भने, ‘आर्थिक वर्ष सकिएको १५ दिन भित्र आउनु पर्ने हो । मैले पाएको सूचना अनुसार त बजेट आइसकेको हुनाले  मौद्रिक नीति यहि असार भित्र नै आउन सक्छ । राष्ट्र बैंकले सुझाव पनि मागिसकेको पनि छ । छलफल पनि चलेको छ । यसकारण मौद्रिक नीति बैंकिङ क्षेत्रलाई सहयोग पुग्ने गरि आउछ ।  पहिले जस्तो ढिलो हुँदैन ।’  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.