मंगलवार, कार्तिक ३,२०८३ 02:14:19
  • मंगलवार, कार्तिक ३,२०८३ 02:14:19
Global IME Bank Limited

लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’

Bizshala
लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’
New Office

काठमाण्डौ । साताको प्रत्येक आइतबार पस्कदै आईरहेको नियमित स्तम्भ ‘ग्राउण्ड जीरो’लाई आज पनि निरन्तरता दिएका छौं । ग्राउन्ड जिरोको क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं  ।

सबैभन्दा पहिले हामी त्रिपुरेश्वमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । यहाँ पूग्दा ब्रोकर हासउमा केही लगानीकर्ताहरु पुगिसकेका थिए । आज बिहान पहिलो प्रहरमा बजार राम्रै अंकले बढेको थियो । ‘लौ है साथीहरु ! अब त बजार बढ्ला जस्तो छ । सरकार पनि तत्कालै ढल्ने अवस्था छैन । देउबा फर्के पछि अब गर्भनरको बिषयले पनि टुङ्गो लाग्ने भन्ने सुनिएको छ । बजार त अब बढ्ने नै हो,’ एक लगानीकर्ताले भनेको सुनियो । उनको यस्तो अभिव्यक्ति सुनिसेकपछि अर्का एक लगानीकर्ता बोले,‘अन्तराष्ट्रिय अवस्था ठीक छैन । त्यसैले छोटो समयको लागि भन्दा पनि अलि लामो समयको लागि सेयर खरिद गर्दा ठीक होला साथीहरु । मैंले त सस्ता मूल्य भएका निफ्रा एचआइडीसीएल जस्ता कम्पनी किनेर राखेको छु ।’

ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । आज पहिलो प्रहरमा बजार २० अंक भन्दा बढीले बढेको थियो । आज मध्यान्हमा राजधानीमा छिटपुट वर्षा पनि भएको थियो भने बजारले कारोबार सहित गति लिएको देखिन्थ्यो । यहाँबाट हामी सुन्धारामा रहेको सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पूग्यौं । यहाँ केही लगानीकर्ताहरु ब्रोकर हाउसमा भेला भएर राजनीतिक र सेयर बजारको विषयमा चर्चा गर्दै थिए । यतिकैमा एक जना लगानीकर्ताले अहिलेको सरकार ढल्ने भन्ने विषय त्यति विश्वासिलो नभएको बताए । ‘राप्रपा र रासपा नभएसम्म बैकल्पिक सरकार बन्दैन । उता भारत र पाकिस्तानबीचको बढ्दो तनावले भारतले नेपालमा ध्यान दिन पनि सकेको छैन । त्यसैले यो सरकार अहिले नै केही हुन्छ भन्ने त मलाई लाग्दैन’ ती लगानीकर्ताले भने ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिले बजारमा खेलाडी लागेका कम्पनी मात्रै बढ्ने गरेको गुनासो गरे । उनले भने, ‘हाइड्रो कम्पनीमा सँस्थापक हकप्रदको फण्डा निकालेर बेचेर भाग्दै छन् । हाइड्रोमा पनि बैंकमा जस्तै लकिङ राख्नु पर्ने भयो ।’ यस्तै एक लगानीकर्ताले आफू भने बैंकको सेयर किनेर झनै फसेको गूनासो गर्दै थिए ।  

यस बेलासम्म दिनको एक बज्दै थियो । बजारमा बिस्तारै बिक्री दबाब आउदै थियो । यहाँबाट हामी न्यूरोडमा रहेको एबीसी सेक्यूरिटिज (स्टक ब्रोकर नँम्बर १७) तर्फ लाग्यौं । यहाँ पनि लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । यस ब्रोकर भेटिएका लगानीकर्ताले आज जलविद्युत कम्पनीहरुमा चमक आएकाले अब अन्य समूहमा पनि चमक आउने प्रतिक्रिया दिए ।

आज एक बजे पछि बजारमा केही बिक्री दबाब आएको थियो । यसै प्रति इङ्गित गर्दै एक लगानीकर्ता खेलाडीले  आज पहिलो प्रहरमा सेयर बेच्न बढाएको आँकलन गरे । तर उनी सँगै बसेका एक लगानीकर्ताले भने कारोबार त राम्रै बढेकाले बजार घट्नु नै पर्ने त केही कारण नभएको बताए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यहाँबाट हामी नक्सालमा रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८( मा पग्यौं । यहाँ केही आन्दोलनमा आएका शिक्षक लगानीकर्ता पनि भेटिए । त्यस्ता लगानीकर्ता मध्येका एकजनाले भने, ‘त्या आन्दोलन भन्दा त हामी पनि सेयर बजारमा नै लाग्नु पर्छ की के हो साथीहरु ?’ उनी सँगै बसेका लगानीकर्ताले उनलाई सुझाव दिदै भने, ‘बुझेर आउनुहोस् है यो बजारमा । आईपीओ भरेपछि सेयर बजारको ढोका खुल्छ । दोस्रो बजारमा त कारोबार गर्न नजाने ठूलै धोका पनि हुनसक्छ ।’ त्यसैले सबै विषय बुझेर मात्रै आउनुहोस् ।’  

ब्रोकर हाउसमा लगानीकर्ताबीच यस्तै वार्तालाप चल्दै थिए । २ बजे पछि भने बजारमा केही बिक्री दबाब देखिएको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.