बुधबार, चैत्र २०,२०८१ 12:55:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:55:41
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरो: ब्रोकर हाउस आउनै छाडे फाइनान्स समूहका लगानीकर्ता, लो क्याप र लक इन नखुलेका कम्पनीको चर्चा

Hyundai Nepal
ग्राउण्ड जिरो: ब्रोकर हाउस आउनै छाडे फाइनान्स समूहका लगानीकर्ता, लो क्याप र लक इन नखुलेका कम्पनीको चर्चा
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको त्रिपुरेश्वर तथा सुन्धारा र न्यूरोड आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । साताको पहिलो कारोबारका दिन आज पनि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थित सामान्य देखिन्थ्यो ।

आज हामीले सबै भन्दा पहिले त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) बाट स्तम्भको थालनी गर्यो । बिहान हामी यहाँ पुग्दा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । ब्रोकर हाउसमा फोनका घण्टी बज्दै थिए भने लगानीकर्ता ब्रोकर हाउस आउने क्रम पनि जारी नै थियो ।  

यहाँ भेटिएका लगानीकर्तामा बजारको अवस्थाको विषयमा अन्यौलता रहेको देखिन्थ्यो । लगानीकर्तामध्येका एकजनाले भन,े‘ ब्याजदर पनि न्यून अवस्थामा रहेको छ । अहिले बजारमा न फण्डामेन्टलले काम गर्छ न त टेक्निकलले काम गर्छ ?’उनी सँगै बसेका लगानीकर्ताले डिस्प्लेमा फाइनान्स इन्डेक्स देखाउदै जवाफ दिए, ‘अहिले काम गर्छ भने लो क्याप र फण्डाले मात्रै काम गर्छ । खेलाडीले लो क्याप मात्रै चलाएका छन् । यस्ता कम्पनी एक दिन त खस्छन् नै ।’

Shivam Cement
Bizshala
CG Motors

बजार सामान्य अंकले तलमाथि गर्दै थियो । हामी यहाँबाट सुन्धारामा रहेको सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पूग्यौं ।

यस बेलासम्म दिनको १२ बजिसकेको थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक सुट पाइन्ट लगाए लगानीकर्ता भन्दै थिए, ‘बजार माथि जान नसकेका पछि खेलाडीले पनि बजार चलाउनै सकेनन् ।’ उनले थप्दै भने, ‘लौ मैले त गत साता नेपाल रि इन्स्योरेन्स कम्पनी ७५० मा बेचेको आज ९ सय माथि पूग्यो । २ हजार कित्तामा ४ लाख फरक पर्यो ।’ उनले डिसप्ले हेर्दै ब्रोकरका एक कर्मचारीलाई भने, ‘ए ! भाइ के भयो ? मलाई त पीर नै पर्न थाल्यो । किनेको घट्छ,बेचेको बढ्छ ।  

उनी सँगै बसेका लगानीकर्ताले उनलाई ढाडस दिँदै भने, ‘पीर नगर्नुहोस् । यो सेयर बजार हो । नाफा घाटा सबै सेयर गर्ने ठाँउ पनि हो । सबै आफै खान पनि मिल्दैन ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

यसैबीच ब्रोकर हाउसमा चिया र सेल रोटि बाड्न थालियो । आज कारोबारको पहिलो सत्रमा कारोबार राम्रै भएको थियो । यसै ब्रोकरमा एक महिला लगानीकर्ता पनि भेटिइन् । ती लगानीकर्ताले भनिन्, ‘एक घण्टामा २ अर्ब बढीको कारोबार भएको छ । बजार जे भए पनि आज कारोबार भने राम्रै हुने भयो ।’ यस बेला सम्म दिनको १ बजिसकेको थियो । बजारमा बिस्तारै बिक्री दबाब आउदै थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यहाँबाट हामी राजधानिको ठूलो कारोबार हुने नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुो उपस्थिति ठीकै देखिन्थ्यो । बजार बढ्दा उभिनेसम्म ठाँउ नहुने यो ब्रोकरमा पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । टेबल टेबलमा समूहमा बनाएर बस्ने यो ब्रोकरमा फरक–फरक टेबलमा पनि फरक–फरक स्कट समूहका  लगानीकर्ताहरु बस्ने गर्छन् । पछिल्लो टेबलमा बसेका एक लगानीकर्ताले अघिल्लो टेबल देखाँउदै भने, ‘त्यो टेबलमा सबै फाइनान्स समूहका लगानीकर्ता बस्ने गर्थे अहिले खालि नै छ । एक जना एनएफएस कम्पनीका ठूलै लगानीकर्ता हिजो–आज बजार आउनै छाडे ।’ ती लगानीकर्ताले २२ सय माथि उक्त कम्पनी किनेको चर्चा पनि त्यहाँ सुनियो ।  

उनले थप्दै भने, ‘उनी मात्रै होइनन अचेल फाइनान्स समूहका लगानीकर्ता ब्रोकर हाउस आउन नै  छाडे ।  क्लब हाउस पनि खोल्दैनन् । आउन पनि कसरी ? २६ सयको एनफएस ६ सयमा आयो ।’ उनी सँगै बसेका अर्का लगानीकर्ताले जवाफ दिँदै भने,‘ मौरीको रानो हराए पछि मौरी हराउनु स्वभाकि नै हो नि ! ’

उनले आफू सँगै बसेका लगानीकर्तालाई  सल्लाह दिँदै भने, ‘त्यस्ता खेलाडीको सेयर खेलाडी निस्के पछि हुने यस्तै हो । त्यसैले यस्ता कुरामा सचेत हुनु पर्छ ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

हामी यहाँबाट कालिकास्थान स्थित नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ता लो क्याप , लक इन नखुलेका र हाइड्रो कम्पनीकै चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले बुद्धभूमि, मोलुङ जलविद्युत तथा केही माइक्रो फाइनान्स कम्पनीहरुको चर्चा गर्दै थिए । केही ले भने अब लो क्याप र मिड क्याप भन्दा पनि सुरक्षित कम्पनीहरुमा सर्नु पर्ने पनि चर्चा गरेको सुनियो ।  आज हामी पुगेका राजधानीका ब्रोकर हाउसहरुमा यस्तै गलफति चल्दै थिए । आजको लागि हामीले ग्राउण्ड जिरो स्तम्भ यही नै अन्त्य गर्ने निधो गर्यौं ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.