आईतवार, बैशाख ६,२०८३ 02:16:44
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:16:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरो: ब्रोकर हाउस आउनै छाडे फाइनान्स समूहका लगानीकर्ता, लो क्याप र लक इन नखुलेका कम्पनीको चर्चा

Bizshala
ग्राउण्ड जिरो: ब्रोकर हाउस आउनै छाडे फाइनान्स समूहका लगानीकर्ता, लो क्याप र लक इन नखुलेका कम्पनीको चर्चा
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको त्रिपुरेश्वर तथा सुन्धारा र न्यूरोड आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । साताको पहिलो कारोबारका दिन आज पनि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थित सामान्य देखिन्थ्यो ।

आज हामीले सबै भन्दा पहिले त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) बाट स्तम्भको थालनी गर्यो । बिहान हामी यहाँ पुग्दा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । ब्रोकर हाउसमा फोनका घण्टी बज्दै थिए भने लगानीकर्ता ब्रोकर हाउस आउने क्रम पनि जारी नै थियो ।  

यहाँ भेटिएका लगानीकर्तामा बजारको अवस्थाको विषयमा अन्यौलता रहेको देखिन्थ्यो । लगानीकर्तामध्येका एकजनाले भन,े‘ ब्याजदर पनि न्यून अवस्थामा रहेको छ । अहिले बजारमा न फण्डामेन्टलले काम गर्छ न त टेक्निकलले काम गर्छ ?’उनी सँगै बसेका लगानीकर्ताले डिस्प्लेमा फाइनान्स इन्डेक्स देखाउदै जवाफ दिए, ‘अहिले काम गर्छ भने लो क्याप र फण्डाले मात्रै काम गर्छ । खेलाडीले लो क्याप मात्रै चलाएका छन् । यस्ता कम्पनी एक दिन त खस्छन् नै ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजार सामान्य अंकले तलमाथि गर्दै थियो । हामी यहाँबाट सुन्धारामा रहेको सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पूग्यौं ।

यस बेलासम्म दिनको १२ बजिसकेको थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक सुट पाइन्ट लगाए लगानीकर्ता भन्दै थिए, ‘बजार माथि जान नसकेका पछि खेलाडीले पनि बजार चलाउनै सकेनन् ।’ उनले थप्दै भने, ‘लौ मैले त गत साता नेपाल रि इन्स्योरेन्स कम्पनी ७५० मा बेचेको आज ९ सय माथि पूग्यो । २ हजार कित्तामा ४ लाख फरक पर्यो ।’ उनले डिसप्ले हेर्दै ब्रोकरका एक कर्मचारीलाई भने, ‘ए ! भाइ के भयो ? मलाई त पीर नै पर्न थाल्यो । किनेको घट्छ,बेचेको बढ्छ ।  

उनी सँगै बसेका लगानीकर्ताले उनलाई ढाडस दिँदै भने, ‘पीर नगर्नुहोस् । यो सेयर बजार हो । नाफा घाटा सबै सेयर गर्ने ठाँउ पनि हो । सबै आफै खान पनि मिल्दैन ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

यसैबीच ब्रोकर हाउसमा चिया र सेल रोटि बाड्न थालियो । आज कारोबारको पहिलो सत्रमा कारोबार राम्रै भएको थियो । यसै ब्रोकरमा एक महिला लगानीकर्ता पनि भेटिइन् । ती लगानीकर्ताले भनिन्, ‘एक घण्टामा २ अर्ब बढीको कारोबार भएको छ । बजार जे भए पनि आज कारोबार भने राम्रै हुने भयो ।’ यस बेला सम्म दिनको १ बजिसकेको थियो । बजारमा बिस्तारै बिक्री दबाब आउदै थियो ।  

CG Motors
Garima Development Bank
IME remit

यहाँबाट हामी राजधानिको ठूलो कारोबार हुने नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुो उपस्थिति ठीकै देखिन्थ्यो । बजार बढ्दा उभिनेसम्म ठाँउ नहुने यो ब्रोकरमा पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । टेबल टेबलमा समूहमा बनाएर बस्ने यो ब्रोकरमा फरक–फरक टेबलमा पनि फरक–फरक स्कट समूहका  लगानीकर्ताहरु बस्ने गर्छन् । पछिल्लो टेबलमा बसेका एक लगानीकर्ताले अघिल्लो टेबल देखाँउदै भने, ‘त्यो टेबलमा सबै फाइनान्स समूहका लगानीकर्ता बस्ने गर्थे अहिले खालि नै छ । एक जना एनएफएस कम्पनीका ठूलै लगानीकर्ता हिजो–आज बजार आउनै छाडे ।’ ती लगानीकर्ताले २२ सय माथि उक्त कम्पनी किनेको चर्चा पनि त्यहाँ सुनियो ।  

उनले थप्दै भने, ‘उनी मात्रै होइनन अचेल फाइनान्स समूहका लगानीकर्ता ब्रोकर हाउस आउन नै  छाडे ।  क्लब हाउस पनि खोल्दैनन् । आउन पनि कसरी ? २६ सयको एनफएस ६ सयमा आयो ।’ उनी सँगै बसेका अर्का लगानीकर्ताले जवाफ दिँदै भने,‘ मौरीको रानो हराए पछि मौरी हराउनु स्वभाकि नै हो नि ! ’

उनले आफू सँगै बसेका लगानीकर्तालाई  सल्लाह दिँदै भने, ‘त्यस्ता खेलाडीको सेयर खेलाडी निस्के पछि हुने यस्तै हो । त्यसैले यस्ता कुरामा सचेत हुनु पर्छ ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

हामी यहाँबाट कालिकास्थान स्थित नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ता लो क्याप , लक इन नखुलेका र हाइड्रो कम्पनीकै चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले बुद्धभूमि, मोलुङ जलविद्युत तथा केही माइक्रो फाइनान्स कम्पनीहरुको चर्चा गर्दै थिए । केही ले भने अब लो क्याप र मिड क्याप भन्दा पनि सुरक्षित कम्पनीहरुमा सर्नु पर्ने पनि चर्चा गरेको सुनियो ।  आज हामी पुगेका राजधानीका ब्रोकर हाउसहरुमा यस्तै गलफति चल्दै थिए । आजको लागि हामीले ग्राउण्ड जिरो स्तम्भ यही नै अन्त्य गर्ने निधो गर्यौं ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.