आईतवार, असार २२,२०८२ 10:14:06
  • आईतवार, असार २२,२०८२ 10:14:06
Global IME Bank Limited

ग्राउण्ड जिरोको लगानीकर्ताहरुमा पुनर्बीमाको चर्चा, भन्छन् ‘भदौसम्म बजार ३२ सय माथि’

Hyundai Nepal
ग्राउण्ड जिरोको लगानीकर्ताहरुमा पुनर्बीमाको चर्चा, भन्छन् ‘भदौसम्म बजार ३२ सय माथि’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगर आसपास रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।  

यसै सिलसिलामा सबैभन्दा पहिले हामी कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)मा पुग्यौं । अघिल्लो साता बजार राम्रै अंकले बढेका कारण ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै देखिन्थ्यो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे ।  

यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ एचआरएलले गति लनि थाल्यो । यसमा त हकप्रदको हल्ला पनि छ त बजारमा ।’ ब्रोकर हाउसमा केही लगानीकर्ता टिकटक बनाउन मस्त देखिन्थे भने केही लुँडो खेल्न पनि व्यस्त देखिन्थ्यो । यतिकैमा टिकटक बनाउँदै गरेको एक लगानीकर्ताले भने, ‘जिन्दगी रमाइलो छ है साथिहरु ! तर के गर्नु घरिघरि बैंकले फोन गरेर तनाब दिन्छ र पो ! ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजार केही अंककले बढ्दै थियो । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताले यसपटक बजारले ढिलो चाँडो ३२ सयको विन्दु पार गर्ने दाबी पनि गरे । उनको भनाईमा सहमति जनाउदै गर्दै एक लगानीकर्ताले भने, ‘अहिले नै नभए पनि यसपटक साउन÷भदौमा त बजारले ३२ सय कसरी नकाट्ला ? त्यो बेलामा धेरै सकरात्मक न्यूज आउछन् । बजारले पनि गति लिन्छ । अहिलेसम्म जति फस्नु थियो फसियो, तर यसपटक त निस्कन पर्छ ।’  

‘३२ सय कटेपनि हाम्रो सेयर के हुन्छ भन्ने पनि हो नि ? हामीसँग त बैंक र इन्स्योरेन्स मात्रै छ’ अगाडीबाट एक लगानीकर्ताको स्वर सुनियो । ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए । केही समयको बसाइपछि हामी नजिकै रहेको दीपशिखा धितोपत्र स्टक ब्रोकर नम्बर ३८ मा पुग्यौं ।  

यहाँ केही महिला लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । महिला लगानीकर्ता आउदै गरेको हरितालिका तिजको बारेमा गफ गर्दै थिए । ‘लौ साथीहरु तीज आउन थाल्यो । बजार बढेको छैन । यसपाली तीज त जस्ले बजारबाट पैसा कमायो उसैले स्पोन्सर गर्ने है !’एक महिला लगानीकर्ताले बोलिन् । छेउकै एक साथीलाई देखाउँदै अर्की लगानीकर्ताले भनिन् ‘ महिला लागनीकर्ताले बजारबाट कति पैसा कमाए भन्ने त घाँटी हेरेर नै थाहा हुन्छ ।’ उनले फरी थप्दै भनिन्, ‘आफ्नो त भएको सुन जति यहि सेयरबजारको भित्तोले खाईसक्यो । अब सुन लगाउनेले नै स्पोन्सर गर्नुपर्ला यो तिजमा त ।’ केही लगानीकर्ताहरु भने असारको ब्याज तिर्ने विषयमा चर्चा गर्दै थिए ।  

केही समयको बसाईपछि हामी अनामनगरमा नै रहेको भोले गणेश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा लाग्यौ । मध्यान्हको एक बज्दै थियो । यहाँ लगानीकर्ताको उपस्थिति ठीकै देखिन्थ्यो । यस ब्रोकरमा केही लगानीकर्ता क्लबहाउ स्ुनेर बस्दै थिए । क्लबहासबाट एक लगानीकर्ता अब फाइनाँन्स सेक्टर बढेको र बैंक पनि बढ्ने आँकलन गर्दै थिए । ‘ यो विषयमा उल्टो हुन्छ है ! बैंक नबढ्दा मात्रै फाइनान्स बढ्छ,’ एन लगानीकर्ताले प्रतिक्रिया जनाए ।  

अब हाम्रो अर्को गन्तव्य थियो, आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) । यस ब्रोकरमा भेला भएका लगानीकर्ताहरु सेयर बजारको गफमा मस्त देखिन्थे ।  

अग्रपंतिमा पुरुष लगानीकर्ता बसेका थिए भने अन्तिममा महिला लगानीकर्ता । यतिकैमा एक पुरुष लगानीकर्ताले भने ‘अहिलेको बजारमा नयाँ आएको त कोहि पनि फसेको छैन । सबै पुरानै लगानीकर्ता हो फसेको  । मेरो एउटा नयाँ साथि थिए उनले त कमाएर नै गए । यहाँ त कामाएर जानेले पो जित्ने रहेछ साथीहरु । हामी त एउटा बेचे पछि के किनौ के किनौ हुन्छ । अनि हिसाब बराबर ।’ उनको यस्तो कुरा सुनेपछि एक महिला लगानीकर्ताले पछाडीबाट भनिन् ‘के को हिसाब बराबर ? म त घाटै मा छु ।’  

त्यसपछि एक पुरुष लगानीकर्ताले भने, ‘मैले त फरवार्ड माइक्रो फाइनान्समा १० लाख भन्दा बढी घाटा खाए । के गर्नु सुरु सुरुमा बजार बुझिएन । मैले पनि न्यादी हाइड्रो र महालक्ष्मी बिकास बैंकमा घाटा खाएको छु,’।  

यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ आज नेपाल रि इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स पो बढ्न थाले ।’ यतिकैमा ब्रोकर सञ्चालक पनि फ्लोरमा टुप्लुक्कै आइपुगे । उनले जबाफ दिँदै भने ‘आज एचबाट सुरु हुने कम्पनीहरुमा माहोल आउदै छ रे, एचडिएल, एचाइडिसिल र एचआरएल । आज खेलाडीले ‘एच’ भने जस्तो छ ।  

ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए । केही लगानीकर्ताले शिवम सिमेन्टमा धेरै लगानीकर्ताले घाटा खाएकोृ चर्चा गर्दै थिए ।  हामीले भने आजको लागि बटि मार्ने निधो गर्यौं ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.