बिहीबार, श्रावण १४,२०८३ 11:52:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:52:30
Bizshala
Global IME Bank Limited

सामाजिक सञ्जालमा पैसा लिएर ‘ग्रुप ट्रेडिङ’ भईरहेको लगानीकर्ताको आरोप, भन्छन् ‘धितोपत्र बोर्ड किन मौन ?’

सामाजिक सञ्जालमा पैसा लिएर ‘ग्रुप ट्रेडिङ’ भईरहेको लगानीकर्ताको आरोप, भन्छन् ‘धितोपत्र बोर्ड किन मौन ?’
New Office

काठमाण्डौ । हामीले साताको प्रत्येक आइतबार विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्कदै आएका छौं । तर आज सार्वजनिक विदा परेकाले हामीले लगानीकर्ताहरुको विचार सामाजिक सञ्जालबाट लिएका छौं । आज बिदा परेको कारण लगानीकर्ताहरुले सामाजिक सञ्जालमा सेयर बजार भन्दा पनि क्रिकेट खेल र योमरी पर्वको विशेष चर्चा गरेको पाइन्थ्यो ।  

लामो विदा परेका कारण केही लगानीकर्ताहरु खेल हेर्न तथा केही पिकनिक मनाउन पुगेको देखिन्थे । केही लगानीकर्ताहरुले सामाजिस सञ्जालमा प्राविधिक पक्षको विषयमा चर्चा गरेको पनि सुनियो । क्लब हाउसमा बोल्दै एक लगानीकर्ताले भने, ‘बजार एक दिन पनि बढ्न दिँदैनन् ।’ सामाजिक सञ्जामा काँइला मामा नाम गरेका लगानीकर्ता लेख्छन् ‘हुन त केहि वर्ष अघिदेखि सेयर बजारमा फण्डामेन्टल भन्ने शब्द एकादेशको कथा भाको छ । तर सत्य यो हो कि खेलाडी नन–फण्डामेन्टल कम्पनीलाई सीमित समयका लागि मात्रै माथि पुर्याउँछन् । अनि अरु बढ्दैनन् जस्तो पारेर सबै खुद्रेलाई भिडाउँछन र आफू अरु कम्पनीमा सिफ्ट हुन्छन् । अहिलेको परिस्थीति ठ्याक्कै त्यस्तै देख्छु । बैंक, केहि माईक्रो र इन्स्योरेन्स जस्ता सेक्टर थला परे भन्दै ग्रुपिङ रुपमा अफवाह फैलाउने र आफू चाहि त्यहि सेक्टर किन्दै जाने प्रवृत्तिले भोली सीमित व्यक्तिका लागि मात्र बनेका केहि लगानीकर्ताले गतिलो झापट भेट्ने छन् । त्यसैले पौडि खेल्न आउँदैन भने पहिला पोखरीको गहिराई नापौं नत्र पानी पनि भन्न नपाई उत्तानो परिन्छ भान्जा ।’

सामाजिक सञ्जालमा नै ‘सेयरकी लक्ष्मी’ नाम गरेका एक लगानीकर्ता फरक लेख्छन् ‘केही  बैंकले ब्याजदर बढाए पनि सबै बैंकले बढाएका छैनन् त्यसैले बजार उकालो लाग्ने देख्छु । बजार बढ्नेमा कारण र तथ्य छन् । सेयरबजारमा लगानी गर्दा सिधा दिमागले मात्र सफल हुन गाह्रो रहेछ ।’

सामाजिक सञ्जालमा नै राजु न्यौपाने लेख्छन् ‘केही व्यक्तिले सेयर बजारमा नेप्से घटाउन ६ महिनाको १२ हजार  लिएर ग्रुप बनाएर नै कारोबार भएको छ । ब्रोकरलाई सेयर किनिदनु भन्दा दशैंसम्म बजार बढ्दैन भन्दै किनिदिन मान्दैनन् । बेच्न मात्र लगाउँछन यहि हो पूँजीबजार कहाँ छ सरकार ? कहाँ छ धितोपत्र बोर्ड ?

यस्तै केशव कोइरला लेख्छन् ‘निकट भविष्यमा नेपालीहरुको लगानी डुब्ने नयाँ क्षेत्र कुन हुनेछ ? धेरै ब्याज खान सहकारीमा एफडी गर्नेहरू जसरी अहिले रुवाबासी गर्दैछन् नि ठिक यसैगरि अबको ५ वर्षपछि अहिले अन्धाधुन्ध प्रमोटर सेयरमा लगानी गर्नेहरु डुब्ने छन् । आईपीओ निकालेर ३ वर्षपछि टोपी लगाइदिने लालचले अहिले ४÷५ सय कम्पनीहरु पैसा जम्मा गर्न सक्रिय छन् ।

यति सानो बजारमा त्यति धेरै कम्पनीको आईपीओ आउन सम्भावना छैन । अथवा आईपीओ आयो नै भने पनि लकिङ खुलेपछि साँवामा बिक्री गर्ने सम्भावना छैन ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.