बुधबार, चैत्र २०,२०८१ 12:27:29
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:27:29
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘ ३ हजारमा किनेको एचडीएल १५ सयमा झर्यो, बजारमा पतनेश्वर महादेवको उदय’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘ ३ हजारमा किनेको एचडीएल १५ सयमा झर्यो, बजारमा पतनेश्वर महादेवको उदय’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामी लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । यसै क्रममा आज हामीले चारखाल र कमलादीमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं ।

सबैभन्दा पहिले हामी चारखालमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२)मा पुग्यौं । यो ब्रोकरहाउसमा बजार नखुल्दै धेरै लगानीकर्ता भेला भईकसेका थिए । लगानीकर्ताहरु आ–आफ्नो ल्यापटममा कारोबार हेर्न मस्त देखिन्थे । एकजना युवा लगानीकर्ताले टेक्निलकल चार्ट हेर्नमा व्यस्त थिए । चार्ट हेर्दा हेर्दै उनले कहि बोलेको सुनियो,‘बजार एकपटक तल नआईकन माथि फर्केला जस्तो देखिदैन । सरकारले पनि झट्ट केही गर्ला जस्तो देखिदैन ।’ उनले भने,‘राष्ट्रबैंकले केही फेरबदल ल्यायो भने पनि वैशाखमा मात्रै हो । त्यसैले बजार केही समय साइडवेज नै चल्न सक्छ ।’

उनको जवाफ फर्काउदै सँगैका लगानीकर्ताले भने,‘ख्वै के हो साथी । बजार पसे पछि निस्कनै सकिएन । लगानी घटेको घट्यै छ ।’

यही ब्रोकर हाउसमा भेटिएका अर्का लगानीकर्ताले नेपाल रि– इन्स्योरेन्समा सरकारले पैसा हाल्न नसक्ने र हिमालयन रि–इन्स्योरेन्स र नेपाल रि–इन्स्योरेन्स मर्ज हुँदै छन् भन्दै गरेको सुनियो । बजार ओरालो लाग्दै थियो । लगानीकर्तामा खासै उत्साह देखिदैन थियो । हामी यहाँबाट कमलपोखरीस्थित क्रियटिभ सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४० तर्फ लाग्दा बजार १० अंकले तल खसिसकेको थियो । क्रियटिभ सेक्युरिटिजमा पनि लगानीकर्ताको राम्रै उपस्थिति थियो ।  

यस ब्रोकरमा भेटिएका लगानीकर्ताहरुमा पनि बजारको अवस्थाप्रति निराशा व्याप्त देखिन्थ्यो । ‘खै साथिहरु, यो बजारको विषयमा कसलाई भन्ने ? सवै लगानीकर्तालाई डुबाउने खेल मात्रै रहेछ । मैले ३ हजारमा किनेको एचडीएल १५ सयमा आईसक्यो । प्रभु बैंक पनि १४० मा आयो । कुमारी बैंक पनि त्यस्तै छ ।’ एक लगानीकर्ताले भने,‘यो सिटिजन्स लाइफमा के छ र ? यसको मूल्य बढेको छ त । मजबुत रहेछ कि के हो ?’ यतिकैमा एक लामो कपाल पालेका लगानीकर्ता हरियो टिका लगाएर अभिवादन गर्दै ब्रोकर हाउस छिरे । एकै छिनपछि उनले भने,‘बजार त हरियै छ त ।’ उनीसँगै रहेका अर्का लगानीकर्ताले भनको सुनियो,‘बजार हेर्दा हरियो छ तर १० अंकले घटेको छ । जे मा हाल्यो घटेको छ । यो बजारमा पतनेश्वर महादेव को नै उत्पति भए छ कि के हो साथिहरु ?’ उनले बजारमा जोखना हेरेर सेयर किन्नु पर्ने रहेछ भन्दै ठट्टा गरे । ‘जोखना हेर्ने पनि डुबि सके । केही कसलाई थाहा हुन्न यो बजारमा ।’ उनका साथीले भने ।  

Shivam Cement
Bizshala
CG Motors

ब्रोकर हाउसमा यस्तै गफ चल्दै थिए । टाउकोमा कालो चस्मा भिरेका २ जना महिला लगानीकर्ता ब्रोकर हाउस छिरे । ती महिला लगानीकर्ताले भने  सरकारको कुनै टुंगो छैन । उनीहरुले पनि सेयर बजारको बारेमा टिकाटिप्पणी गरेको सुनियो । ‘विपक्षी पार्टीले संसद चल्न दिएको छैन । सरकारको टुंगो नभए पछि त लगानीकर्ताहरुमा पनि विश्वास नै भएन । त्यैसेले बजार बढ्नै सकेन ।’ ती महिला लगानीकर्ताहरुले आफ्नो विचार प्रकट गरे ।  

केही समयको त्यहाँ व्यतित गरेपछि हामी कमलादीको कोहिनूर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति थियो । लगानीकर्ता बजारको थपघट हेर्न र आफ्नो लगानीको हिसाब गर्न व्यवस्त देखिन्थे । बजार घटिरहेकाले यहाँ पनि लगानीकर्तामा उत्साह देखिएन । भित्तामा रािखएको स्क्रिनमा रातो रंगको दबदबा देखिन्थ्यो । यस्तैमा एक लगानीकर्ताले मुख खोले,‘क्लबहाउसले बजार घटायो । जहिले बजार घट्छ–घट्छ भन्छन् । अनि बजार कसरी बढोस् । बजारका विज्ञ मनोहर कृष्ण श्रेष्ठको अन्तरवार्ता हेरेको उनी पनि सेयर बजारबाट डुबेका रहेछन् । यो बजारमा विज्ञ नै डुब्ने रहेछन हाम्रो त के कुरा ?’

केही समयको बसाई पछि हामी कमलादीमा नै रहेको श्रीकृष्ण सेक्युरिटिज स्टक ब्रोकर नम्बर २८ मा पुग्यौं । यसबेला सम्म दिनको २ बज्दै थियो । यहाँ पनि लगानीकर्ताहरुको राम्रै भिड थियो । बजार केही अंकले घटेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने,‘१५ वर्षमा १७ वटा सरकार फेरिए । जति सरकार फेरियो त्यति नै अर्थमन्त्री पनि फेरिए । नयाँ अर्थमन्त्रीलाई सेयर बजार बुझनै समय लाग्छ । अनि कसरी पूँजीबजार बढ्छ ? ’

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.