आईतवार, फाल्गुन ३,२०८२ 05:59:47
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 05:59:47
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोः लगानीकर्तामा चुनावी बहससँगै हाइड्रोको चर्चा, भन्छन्–‘अर्काको कुरा सुनेर लगानी गर्दा ठूलो घाटा व्यहोर्यौं’

ग्राउण्ड जिरोः लगानीकर्तामा चुनावी बहससँगै हाइड्रोको चर्चा, भन्छन्–‘अर्काको कुरा सुनेर लगानी गर्दा ठूलो घाटा व्यहोर्यौं’
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले घट्टेकुलो र अनामनगरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही समयमा नै नेप्से परिसूचक बढ्न थालिसकेको थियो । बजार बढ्न थालेपछि लगानीकर्ताहरमा छुट्टै उत्साह देखिएको थियो ।

चुनावी माहोलका कारण प्राय सबै ब्रोकर हाउसमा लगानीकर्ताहरु चुनावी विषयसँगै सेयरबजारका कुराकानी गरेको हामीले भेट्यौं ।

सर्वप्रथम हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४ंमा पुग्यौं । उक्त ब्रोकरमा लगानीकर्ताहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । सबैजना आ–आफ्नै स्क्रिप्ट हेर्दै एकअर्कामा कुराकानी गर्दै थिए । लगानीकर्ताहरु चुनावी माहोलको विषयसँगै हाइड्रोपावर सेक्टरको चर्चा गर्दै थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एकजना लगानीकर्ताले भने, ‘अहिले त हाइड्रो कम्पनीहरु धेरै भएर होला हाइड्रोमै बढी क्रेज देखिन्छ, मैले पनि एउटा हाइड्रोमा लगानी गरेको तर बढ्नै जानेन अब घाटामै भएपनि बेचिदिन्छु । मार्केटमा अपडेट हुनका लागि एउटै सेयर कति होल्ड गर्नु अब बेचेर अर्को राम्रो स्क्रिप्ट हेरेर लगानी गर्नुपर्ला ।’

उनको कुरामा कुरा मिलाउँदै अर्का लगानीकर्ताले पनि सावा मात्रै आएपनि आफ्नो स्क्रिप्ट फालेर अर्को राम्रो कम्पनीको सेयर किन्ने तर्क व्यक्त गरे ।

बजार घट्नेबढ्ने क्रम जारी थियो । त्यसपछि हामी अनामनगरमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति सामान्य रहेपनि एकआपसमा सेयरबजारसँगै राजनीतिक विषयमा कुराकानी गर्दै थिए ।

एकजना महिला लगानीकर्ताले सेयरबजार बढेर फेरी घट्दै घट्दै रातो हुन लागेको दुखेसो पोखिन् । ‘अघि भर्खरै बजार दोहोरो अंकले बढेको थियो फेरी घट्दै घट्दै तल पो आइसकेछ । तर जेहोस् बजार आज रातो अंकमै चाहि जान्न होला जस्तो लाग्छ मलाई ।’

अर्की महिला लगानीकर्ताले कुरा थप्दै भनिन्, ‘बजार त बढ्नुपर्ने हो, बढ्यो भने त बजार २८ सय माथि जान्छ होला नि ।’ उनको कुरालाई समर्थन गर्दै अर्का एकजना लगानीकर्ताले थपे, ‘सायद बढ्न सक्छ, अब चुनावमा खर्च हुने पैसा सबै सेयरबजारमै आउने त होनी नत्र लगानीको लागि अन्य क्षेत्र खासै चलायमान नै छैन ।’

चुनावी विषय निस्किदै गर्दा अर्का पाका लगानीकर्ताले भने यसपटकको चुनावमा सबैभन्दा बढी नेकपाका अध्यक्ष केपी ओलीलाई तनाव भएको सुनाए । ‘सबैभन्दा अहिलेको चुनावमा ओलीलाई तनाव छ, बालेन आएपछि उनलाई धेरै डर पनि छ’ ती लगानीकर्ताले भने, ‘यसअघि ढुक्कले जित्दै आएको क्षेत्रमा अहिले जित्ने सम्भावना न्युन भएपछि उनको होस हराएको छ ।’

उनको भनाई नसकिँदै महिला लगानीकर्ताले भनिन्, ‘त्यहि त यसपटकको चुनाव चाहि साह्रै रमाईलो भइरहेको छ, अब जनताले बुढो भर्सेस युवाहरुको चुनावी माहोल हेर्ने भए ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अर्का एकजना लगानीकर्ताले भने अन्य दलका शीर्ष नेताहरुले बालेन साहको आलोचना र खिचातानी गर्दा उल्टै बालेनको ब्राण्ड बनेको बताए ।

एकछिनपछि महिला लगानीकर्ताले स्क्रिन बोर्डतर्फ आँखा लगाइन् र भनिन्, ‘भयो यो राजनीतिक कुराहरु नगरौं धेरै नकारात्मक कुरा मात्रै गर्दा यता बजार बढ्दै मानेन हेर्नुहोस् त २ अंकले घटिसकेछ ।’

लगानीकर्ताहरु पुनः सेयरबजारतर्फ केन्द्रित हुन थाले । बजारमा रहेको विभिन्न स्क्रिप्टहरुको कुरा गर्दै । प्राय लगानीकर्ताहरु हाइड्रो कम्पनीहरुको चर्चा गरिरहेका थिए । एकजना महिला लगानीकर्ताले भने दरमखोला हाइड्रोपावरको सेयर किन्नुपर्ने भन्दै सुनाइन् ।

पछाडी बस्ने अर्का लगानीकर्ताले भने अरुको लहैलहैमा सेयर किन्न नहुने कुरा सुझाव दिदै थिए । ‘अर्काको कुरा सुनेर कहिल्यै सेयर किन्न नहुने रहेछ, लहैलहैमा सेयर किन्दा कति घाटा ब्यहोर्नुपर्छ भन्ने कुरा मैले भोगेको छु’ ती लगानीकर्ताले भने, ‘कम्पनी नै तोकेर किन्न कसैले सुझाव गरेको छ, भने सोचविचार गरेर मात्रै किन्नुहोला नत्र मैले जसरी ठूलो घाटा ब्यहोर्नुपर्ला ।’

एकछिनपछि हामी उक्त ब्रोकर हाउसबाट पनि निस्कियौं । बजार झिनो अंकले घट्न थालिसकेको थियो । हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा गयौं । उक्त ब्रोकरमा पनि लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो ।

लगानीकर्ताहरु समग्र चुनाव विषयमै केन्द्रित देखिन्थे । केही लगानीकर्ताहरुले हाइड्रो सेक्टरकै चर्चा गरिरहेका थिए ।

एकजना लगानीकर्ताले भने अहिले बालेन साहजको क्रेजबारे टिप्पणी गर्दै बरु राजसंस्था नै ठिक रहेको भनाई व्यक्त गरे । ‘बालेन साहजको क्रेज धेरै देखिन्छ, जो पनि बालेन–बालेन गरिरहेको छ, यस्तै क्रेज पहिला प्रचण्डको पनि थियो र रास्वपा सभापति रबि लामिछानेको पनि थियो’ उनले भने, ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै हुन्छ लास्टमा बरु राजा नै आएदेखि बरु भद्रगोल भएको देशलाई सन्तुलन बनाउने थिए ।’

लगानीकर्ताहरु कुरा गर्दै क्रिकेट पनि हेर्दै थिए । पछाडी बसेका लगानीकर्ताहरु आज हुने टी–२० वल्र्डकपमा इङ्ल्याण्ड र नेपालको खेल कस्तो होला भन्दै कौतुहलता व्यक्त गर्दै थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.