मंगलवार, आश्विन १३,२०८३ 06:20:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:20:02
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा ‘लघुवित्त र बैंकको’ चर्चा, भन्छन् ‘मौद्रिक नीति निकै सकारात्मक’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्तामा ‘लघुवित्त र बैंकको’ चर्चा, भन्छन् ‘मौद्रिक नीति निकै सकारात्मक’
New Office

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालकसँग बजारको पछिल्लो अवस्थाका विषयमा बुझ्ने प्रयास गरेका छौं ।  

आज मौद्रिक नीति पछिको पहिलो कारोबार भएका कारण पनि हुनसक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको निकै चहलपहल देखिन्थ्यो । आज हामी सबैभन्दा पहिले बिहान ११ बज्दा नबज्दै ज्ञानेश्वरमा रहेको सुमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो ।

लगानीकर्ताहरु बिहान ११ नबज्दै ब्रोकर हाउसमा उपस्थित भईसकेका थिए । ११ बजे नियमित कारोबार खुलेसँगै लगानीकर्ता चनाखो भई ब्रोकर हाउसको भित्तामा रहेको डिस्प्लेमा नजर डुलाउन थाले  । अघिसम्म शान्त रहेको वातावरणमा केही चहलपहल देखिन थाल्यो । लगकनीकर्ता एक आपसमा गफिन थाले । ‘लौ ! आज त साथीहरु कति छिटो आएको ?आज सबै साथीभाई चाँडै पो आउनु भयो । २ बजे तिर आउने पनि यति छिटो किन हो ? एक लगानीकर्ताले आफ्ना सहपाठीलाई इंगित गर्दै भने । उनलाई जवाफ दिँदै एक लगानीकर्ताले भने, ‘आज त सर्किट लाग्ने हल्ला छ, अनि आउन परेन त समयमा नै ?

यतिकैमा अर्को एक लगानीकर्ताको आवाज सुनियो ‘आज त लघुवित्त कम्पनी चम्कन्छन् जस्तो छ ।’ प्रि– ओपनमा ३५ अंकले बढेको बजार करिब ३ प्रतिशतले बढेर कारोबार हुँदै थियो । पछाडिको सिटबाट एक लगानीकर्ताले आज १०० अंक जतिले बजार बढे सेयर बिक्री गर्ने योजना सुनाए । ‘भोली फेरि किन्न पाई हालिन्छ,’ ति लगानीकर्ताले एक कम्पनी मार्केट डेप्थ हेर्दै भने ‘होइन साथीहरु बेच्ने मात्रै छन् त अहिले त सबै बाठा भएछन कि कसो ? आफ्ना कम्पनी त बढेकै छैनन् ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनको कुरा सुनेपछि छेवैबाट आजाव सुनियो, ‘बेच्नेले जिते जस्तो छ ।’ आज कारोबारको पहिलो प्रहरमा ४ अर्ब माथी कारोबार भएको थियो भने बजार पनि राम्रै अंकले बढेको थियो ।  

केही समयको बसाई पछि हामी नयाँ ब्रोकर, हिमालयन ब्रोकेज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ६३) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । आज मध्यान्ह पछि बजारमा केही बिक्री दबाब पर्दै थियो ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘यी टीएहरुले पनि बजार बिगार्ने भए । आज बजारमा बिक्री दबाब आउनु पर्ने कारण नै छैन । मौद्रिक नीति निकै सकारात्मक आएको छ । अब त बजार बढ्ने नै हो ।’  

यस ब्रोकरहरुमा भेटिएका केही लगानीकर्ताहरुले मौद्रिक नीति राम्रो आएकाले गभर्नरलाई धन्यबाद दिनुपर्ने बताउँदै थिए । यहाँबाट हामी कालिकास्थान स्थित नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो ।  

यहाँ भेटिएका लगानीकर्ताले पनि लघुवित्त र बैंकको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता एनआइसी एशिया बैंकको सेयरमा आफूलाई राम्रो फाइदा भएको भन्दै दंग पर्दै थिए । उनी सँगै बसेका एक लगानीकर्ताले ८ सयमा धेरै लगानीकर्ता फसेकाले यो कम्पनी धेरै बढ्न बाँकी रहेको बताए ।  

केही लगानीकर्ता लघुवित्तको चर्चा गर्दै थिए । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले लघुवित्त भन्दैमा सबै लाभांश दिन सक्ने अबस्थामा नरहेको तर्क गर्दै थिए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको अबस्था र मौद्रिक नीतिको बिषयमा जिज्ञासा राख्यौं ।  

ति सञ्चालकले मौद्रिक नीति राम्रो आएको प्रतिक्रिया दिए । उनले थप्दै भने ‘मौद्रिक नीति बजारको लागि सहज आयो । चालु पूँजी कर्जा अवस्था हेरेर बिश्लेषण गर्छौ भन्ने छ । लघुवित्तको पनि अवस्था हेरेर सुधार गर्छौ भन्ने छ । मौद्रिक नीतिमा कर्जाको पुनर्संरचनाको विषय पनि समेटिएको छ । रेगुलेटरी रिर्जभमा गएको पैसा पूँजीमा गणना गर्न पाउने भन्ने छ । यी सबै बिषयले बैंकको पूँजीकोषलाई सहज हुने भयो । यो मौद्रिक नीति राम्रो आएको छ ।’

यहि कारणले आज बैंकिङ सूचक बढेको उनले बताए । अब पर्फमेन्स हेरेर बजारमा सेयरको मूल्य बढ्ने ति सञ्चालकले बताए । यसबेलासम्म भित्ताको घडिमा दिनको साढे २ बज्दै थियो । हामीले ग्राउण्ड जिरोलाई आजका लागि यही बिट मार्ने निधो गर्यौं ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.