मंगलवार, कार्तिक ३,२०८३ 02:08:54
  • मंगलवार, कार्तिक ३,२०८३ 02:08:54
Global IME Bank Limited

ग्राउण्ड जिरोको लगानीकर्ता भन्छन् ‘असोज महिनाका लागि ब्याजदर अझै घट्दै छ, बजार फेरि बढ्छ’

Bizshala
ग्राउण्ड जिरोको लगानीकर्ता भन्छन् ‘असोज महिनाका लागि ब्याजदर अझै घट्दै छ, बजार फेरि बढ्छ’
New Office

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । हिजोआज बजार केही सुस्ताए पछि ब्रोकरहाउसहरुमा लगानीकर्ताको संख्या पनि घट्दै गएको छ । कुनै बेला थेगिनसक्नु लगानीकर्ताको उपस्थिती हुने ब्रोकर हाउसहरुमा अहिले सामान्य संख्यामा मात्रै लगानीकर्ता आउन थालेका छन् ।  

आज हामीले पुतलीसडक आसपासका ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने  प्रयास गरेका छौं । सबै भन्दा पहिले आज हामी सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । ब्रोकर हाउसमा फोनका घण्टी बजिरहेका थिए । आज करोबारको पहिलो सत्रमा बजार करिब ५० अंकले बढेको थियो । यतिकैमा केही लगानीकर्ताहरु निकै उत्साहित हुँदै ब्रोकरहाउसमा पसे । ‘आज त लो कारोबार पनि बढेको छ, बजार पनि बढेको छ । आज बैंकिङ इन्डेक्स बढेर कारोबार १५ अर्ब माथि भएमा बजारले फेरी अप ट्रेन्ड लिन्छ,’ एक लगानीकर्ताले भने । यतिकैमा ती लगानीकर्ताको मोबाइलमा फोनको घण्टी बज्यो । उनले फोनमा साथिलाई भने, ‘लौ आउनुहोस है साथि, आज बजार बढेको छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

फोनमा कु्रा गरिसकेपछि उनले आफु बानेश्वमा बसोवास गर्ने बताए । ‘पहिले ५० वटा घरमा १ घरमात्रै सेयर कारोबारी थिए । अहिले त ५० वटा घरमा ४५ वटा घर सेयर कारोबारी छन् । बाँकी घरलाई पनि मैले सेयरमा ल्याउने कोशिस गर्दै छु उनले भने ,‘सेयर बजार त मल्टी ब्यागर ठाँउ हो । अर्थात यहाँ त झोला भरी पैसा नै पैसा छ । तपाईलाई एक झोला पैसा मात्रै चाहिएको भए अरु व्यापार गर्नुहोस ।  धेरै झोला पैसा चाहिएको भए सेयर कारोबारमा आउनु होस ।’

यस बेलासम्म दिनको १२ बजिसकेको थियो । बजारमा विस्तारै बिक्री दबाब आउन थालको थियो ।  

यहाँबाट हामी पुतलीसडकमा नै रहेको श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौं । यहाँ भने लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । लगानीकर्ता आ–आफ्नै धुनमा मस्त थिए । ‘लौ ! दशैं खर्च निकाल्नु पर्ला भनेको त बजारले देला जस्तो छैन,’ एक जना लगानीकर्ता भने । उनीसँगै बसेका लगानीकर्ताले पनि उनीसँग सहमत हुँदै भने, ‘असोजको महिना खर्च ज्ुटाउनु पर्ने बेला बजारले देला जस्तो छैन ।’  

सँगैका लगानीकर्ताले ढाडस दिदै भने, ‘हतास नुहुनुहोस न मित्र, अब असोज महिना पनि ब्याज दर घट्दै छ । सेयर बजार त फेरी माथि जान्छ यो खरिद गर्ने मौका हो ।’  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

केही समयपछि यहाँबाट हामी पुतलीसडक नजिकै रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका लगानीकर्ताले पनि असोज महिनाको लागि ब्याजदर घट्ने दाबी गरे । ब्याजदर घट्ने क्रममा रहेकाले बजार अब धेरै नघट्ने उनीहरुको तर्क थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले यो बुलमा एचआईडिसिएल प्रमोटरको सेयरमा राम्रै पैसा बनाएको भन्दै गफ हाँके ।  

यसपछि हामी नयाँ गन्तव्य, प्रिमिएर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थित राम्रै थियो । यस बेलासम्म दिनको २ बजिसकेको थियो । बजार निरन्तर घटिरहेको थियो । यहाँ भेटिएका लगानीकर्ताले २ बजे पछि बजार घट्नुमा केही शंका पनि व्यक्त गरे । ती लगानीकर्ताले भने, ‘मेरो त नेपाल फाइनान्सको सेयर थियो । बजार घटे पछि त पोर्टफोलियो राम्रै घटेको छ ।’

उनको कुरा सुनेपछि अर्का एक लगानीकर्ताले भने, ‘बेच्न जान्नु पर्छ के, बेच्न । हिजो फाइनान्स समूहको कमलपोखरीको एक पार्टी प्यालेसमा भोज थियो रे आफू त जान पाइएन । सेयर खाइयो भोज खाइएन ।’  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.