आईतवार, बैशाख ६,२०८३ 02:20:34
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:20:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘खेलाडीहरुले बढाएर बेचे, अब घटाएर खाने दाउमा छन्’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘खेलाडीहरुले बढाएर बेचे, अब घटाएर खाने दाउमा छन्’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी नक्साल र कमलादी आसपासका ब्रोकरहाउस पुगेर लगानीकर्ता तथा ब्रोकरसञ्चालकसँग बजारको अवस्थाको विषयमा बुझ्ने प्रयास गरेका छौं । आज बिहानै देखि सामाजिक सञ्जालहरुमा अघिल्लो सातादेखि घट्न सुरु गरेको बजारमा आज के होला ? भन्ने अन्यौलता रहेको देखिन्थ्यो ।  

कारोबारको पहिलो प्रहरमा ब्रोकरहाउसहरुमा पनि बजारमा आज के होला भन्ने अन्यौलता कायम नै थियो । आज हामी सबै भन्दा पहिले नक्सालमा रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । बिहान ११ बज्नै लाग्दा लगानीकर्ताहरुको आउने क्रम सुरु भयो । आज बजार खुलेदेखि नै घट्न थालेको थियो । ब्रोकर हाउसमा उपस्थित लगानीकर्ताको बडी ल्याङ्ग्वेज त्यति राम्रो देखिदैनथ्यो । यतिकैमा एक लगानीकर्ताले डिस्प्ले हेर्दै भने ‘आज पनि बजार सुरुमै माइनास भयो ? यो बजारमा पनि गरि खान कठिन रहेछ साथीहरु ।

उनीसँगै बसेका लगानीकर्ताले उनलाई ढाडस दिँदै भने,  ‘धेरै नआत्तिनु साथी, बजार धेरै घटे २८ सयसम्म हो । त्यसपछि त फर्की हाल्छ नि ।’ पहिलेका लगानीकर्ता उनको यस्तो भनाईबाट सुनिश्चित देखिएनन् । ‘खै ! गत वर्ष पनि फर्किन्छ, फर्किन्छ भन्दा भन्दै २४ सय सम्म आयो । यो बजारको कुरापनि बुझिसक्नु छैन, उनले भने ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस ब्रोकरमा भेटिएका केही लगानीर्ताले भने आज फाइनान्स चम्कने अड्कल गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले नेपाल फाइनान्स होल्ड गर्दा गर्दा हैरान भएको गुनासो गरे । ‘एनएफएस बोक्दा बोक्दा हैरान भइयो । मैले बेचेपछि २ वटा पोजेटिभ सर्किट लाग्यो । अब त हैरान भयो आफ्नै काम तिर लाग्नु पर्ला जस्तो छ । यो बजारले गरि खान देला जस्तो छैन,’ उनले भने ।  

मध्यान्हको १२ बज्दै थियो । ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए ।  कारोबार करिब ३ अर्ब जस्तो ह्ुँदै थियो । बजार एकोहोरो घटिरहेको थियो । ब्रोकरहाउसमा लगानीकर्ता थकित र निराश देखिन्थे ।  

केही समयको बसाईपछि हामी कमलादीमा रहेको मियो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६६) मा पुग्यौं । आज मध्यान्हमा राजधानीमा केही हल्का वर्षा भएको थियो । यस ब्रोकरमा केही लगानीकर्ता बजार हेर्न व्यस्त देखिन्थे भने केही लुँडो खेल्न मस्त दखिन्थे । यो ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आजको बजार खेलाडीेले घटाएकोसम्म आरोप लगाउन भ्याए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा बुझ्ने प्रयास गर्यौं । ब्रोकर सञ्चालकले चार्ट हेर्दै आजको क्लोजिङसम्मको अवस्था हेरेर निर्णय लिन सुझाए ।

केही समयको बसाईपछि हामी नजिकै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)तर्फ लम्कियौं । यस ब्रोकरमा पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । बजार २९ सय तल खसेर कारोबार हुँदै थियो । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले आज बजारमा कारोबार तथा भोल्यूम घटेको विश्लेषण गरे । ती मध्येका एकले भने, ‘खेलाडीहरुले बढाएर आफ्नो सेयर बेचे अब घटाएर खाने दाउमा छन् । नत्र अरु बजारमा अन्य केही नराम्रो छैन । किन बजार यसरी घट्छ ?  

उनको कुरा सुनेपछि नजिकैका लगानीकर्ताले मुख खोले, ‘बजार बढ्न त पक्कै बढ्छ । अहिले बजार के बढेको छ र ? प्रभु बैंक बढेकै छैन । एभरेष्ट बैंक बढेकै छैन । बैंक त के बढेको छ ? अब बजार घटाएर खाने दाउ हो ।’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए ।

यहाँबाट हामी नजिकै रहेको मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । आज मध्यान्न पछि बजार एकनासले घटेको थियो । यहाँ भेटिएका केही लगानीकर्तालेहरु बजारको प्राविधिक पक्षको बिश्लेषण गर्दै बजारले कहाँ सपोर्ट लिन सक्ला भन्दै छलफल गर्दै थिए ।  

केही लगानीकर्ता बजार २८ सयसम्म आएर फर्किने तर्क गर्दै थिए । हामी भने दक्षिणकाली सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३३) मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिती सामान्य थियो । यसबेलासम्म भित्ताको घडिमा २ बज्दै थियो । बजार एकहोरो घटेको थियो । लगानीकर्ताहरु निकै अलमलमा देखिन्थे ।  

यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आजसम्म बजार लगातार ३ दिन घटेको र अब चौंथो कारोबारबाट सम्हालिने तर्क गर्दै थिए भने केहीले अझै केही दिन बजार राम्रो सँग नियालेर मात्रै निर्णय लिन सुझाव दिँदै थिए । ब्रोकरहाउसमा भने नयाँ खाता खोल्ने र कारोबार गर्नेहरुको भीडभाड देखिन्थ्यो । हामीले आजको स्तम्भलाई यही बिट मार्ने निधो गर्यौं ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.