शनिबार, फाल्गुन १०,२०८१ 08:29:49
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:29:49
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः अधिकांश लगानीकर्ताबीच फाइनान्स कम्पनीको चर्चा, कोहि भने डुब्ने डरले दोधारमा

Hyundai Nepal
ग्राउण्ड जिरोः अधिकांश लगानीकर्ताबीच फाइनान्स कम्पनीको चर्चा, कोहि भने डुब्ने डरले दोधारमा
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई आज पनि निरन्तरता दिएका छौं ।  

यसै सिलसिलामा आज हामीले फरक–फरक ठाउँका ब्रोकर हाउसमा गएर लगानीकर्तालाई सुन्यौं । पुतलीसडक, नागपोखरी र अनामनगरस्थित केही ब्रोकरमा गई लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं ।

ब्रोकरहाउसको संख्या धेरै रहेको पुतलीसडकका केही ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति शुन्य थियो भने केही ब्रोकरमा लगानीकर्ता कम उपस्थित थिए ।  

सर्वप्रथम हामी दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस (ब्रोकर नं. ५९. मा पुगेका थियौं । यस समय सो ब्रोकरमा लगानीकर्ताको सामान्य उपस्थिति थियो । पातलो उपस्थिति रहकाले लगानीकर्ता सेयरबजार भन्दा बाहिरका विषयमा बढी गफ गर्दै थिए । बिहानको समय भएकाले लगानीकर्ताहरु आउने क्रममै थिए । उपस्थित भइसकेका केही लगानीकर्ताहरुले आउँदा–आउँदै ट्राफिकको कडा नियमले दुःख पाएको गुनासो गर्दै थिए ।  

त्यसैबिच एक लगानीकर्ता भने फोनमा कुरा गर्दै थिए । फोन राखिसकेपछि अन्य लगानीकर्ता समक्ष उनले जीवन बीमाको प्रिमियम तिर्न बाँकी रहेको कुरा सुनाए । उनले भने, ‘असार मसान्त लाग्न थालिसकेपछि त सबै ठाउँमा पैसा तिर्नुपर्ने के । इन्स्योरेन्सको प्रिमियम तिरेकै रहेनछु । अचेल त यो बीमा कम्पनीबाट इन्स्योरेन्सको प्रिमियम तिर्न म्यासेज पनि आउँन छाड्यो कि क्याहो ? मैले त थाहा नै नपाएको ।’

उनको भनाईमा आफ्नो विचार थप्दै अर्का लगानीकर्ताले पनि सवारीको ब्लुबुक नविकरण नगरेको कुरा सुनाए । उनले भने, ‘मैले पनि बाइकको ‘ब्लुबुक’ गर्न बाँकी नै छ ।’  

ट्राफिकको नियम कडा हुँदै गएको बताउँदै अर्का लगानीकर्ताले पनि थप्दै भने, ‘ब्लुबुक रिन्यु नगर्दा म पनि ट्राफिकको कारबाहीमा परेको थिए, अहिले त ५० भन्दा बढी स्पिड चलाउनेलाई पनि कारबाही गर्ने रहेछ, ट्राफिक नियम पनि कडा हुँदै गएको छ ।’

यत्तिकैमा डिस्प्ले स्क्रिन देखाउँदै अर्का लगानीकर्ताले नेपाल पुनर्बीमा कम्पनीको सेयर तल झरेको बताए । ‘अघि भर्खरै बढेको थियो फेरी तल झरिसक्यो यो नेपाल रि को सेयर’ उनले भने, ‘आज त फाइनान्स समूह चम्किएला जस्तो छ, मन्जुश्री र आइसीएफसी फाइनान्स किन्दा राम्रो होला जस्तो छ ।’  

अर्का लगानीकर्ताले यसपटकको बजेट नै राम्रो नआएकाले बजारले लय समात्न नसकेको बताए । ‘यो चोटिको बजेट त के आयो आयो यस्तो त कहिल्यै आएको थिएन’ उनले भने, ‘अहिलेको बजेट उपयुक्त नहुँदा नेकपा एमालेले पनि निहुँ खोजिराको छ ।’  

दिब्या सेक्युरिटिजको केही समयको बसाईपछि हामी लाग्यौ नागपोखरी स्थित ब्रोकर नं. १० प्रज्ञान सेक्युरिटिजतर्फ । त्यहाँ पुग्दा बिजुलीको भोल्टेज कम भएर ‘डिस्प्ले स्क्रिन’ अफ भएको रहेछ । लगानीकर्ताहरु एकआपसमै गफ गरिरहेका थिए । केही लगानीकर्ता भने आफ्नै मोबाइलमा  ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)चलाइरहेका थिए ।  

एकजना लगानीकर्ताले भने गोकर्णेश्वर नगरपालिकास्थित ‘धाप ड्याम’ को विषयमा गफ गरिरहेका थिए । ‘धाप ड्याम त खत्रै रहेछ नि ! मानवनिर्मित ड्याम भएपनि त्यहाँ पानी भने प्रशस्तै, सुख्खा सिजनमा पनि पानी पर्याप्त हुने’ उनले भने, ‘हाइड्रो प्रोजेक्टका लागि यस्तै ड्यामहरु भए त विद्युत उत्पादन राम्रो हुन्थ्यो, हाइड्रो कम्पनीहरुले त्यसरी नै पानी जम्मा हुने ड्याम बनाउन सके त हाइड्राको विजुली उत्पादन राम्रो हुन सक्थ्यो ।’  

यत्तिकैमा अर्का लगानीकर्ताले भने हाइड्रो कम्पनीहरुको व्यवसाय जति राम्रो भएपनि हाइड्रोमा लगानी गर्न रिस्क हुने जिकिर गरे । अर्का लगानीकर्ताले भने हाइड्रोबाटै नाफा कमाउन पनि सक्ने तर्क गरे । उनले भने, ‘हाइड्रोमा रिस्क भएपनि छोटो समयमा यहि सेक्टरबाट कमाउन पनि सकिन्छ, धेरै समयपछि धितोपत्र बोर्डबाट हिमालयन उर्जा विकासले राइट सेयरको अनुमति पाएको छ अब यो कम्पनी पनि हेर्नुपर्छ ।’

मोबाइलमा टिएमएस चलाइरहेका अर्का लगानीकर्ताले भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयरभाउ घटेको सुनाए । ‘नेपाल र पोखरा फाइनान्सको सेयर अघिसम्म बढ्दै थियो फेरी स्लो हुन थाल्यो’ उनले भने, ‘यो प्रोग्रेसिभ फाइनान्सको सेयर ४१८ थियो कसरी यति पगेछ ।’  

यस्तैमा अर्का लगानीकर्ताले पनि समृद्धि फाइनान्सको १५ लाख कित्ता सेयर केही महिनायता होल्ड भएर बसेको र आफुले किन्न खोज्दा पनि नपाएको गुनासो ब्यक्त गरे ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

अर्का लगानीकर्ताले भने विकास बैंकहरुको सेयर खासै बढ्न नसकेको गुनासो गरे । विकास बैंकको सेयर बढेपनि १०–१५ रुपैयाँ मात्रै बढ्ने गरेको ती लगानीकर्ताले सुनाए । यस्तैमा धाप ड्यामको विषयमा कुरा गरेका लगानीकर्ताले नागरिक लगानी कोषको सेयर बढ्न नसकेको बताए । ‘सिआइटी बढ्नुपर्ने सेयर हो, १४ प्रतिशत बोनस दिदा पनि सेयरभाउ भने खासै माथि पुगेन’ उनले भने, ‘तर यस्ता कम्पनीको सेयर सेयरबजारमा बुल आउँदा काम लाग्छ ।’

केही समयको बसाईपछि प्रज्ञान सेक्युरिटिजबाट हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)तर्फ लाग्यौं । उक्त ब्रोकरहाउसमा पुग्दा पनि लगानीकर्ताहरुबीच फाइनान्स कम्पनीहरुकै चर्चा गरिरहेका थिए ।

केही लगानीकर्ताहरुले प्रोगेसिभ फाइनान्सको सेयरभाउ बढेको विषयमा कुरा गरिरहेका थिए । अर्का लगानीकर्ताले पनि नेपाल फाइनान्सको सेयरभाउ बढेको तर्फ संकेत गर्दै थिए । यस्तैमा उनीहरुको कुरामा कुरा थप्दै अर्का लगानीकर्ताले रिलायन्स फाइनान्सको सेयर २४ रुपैयाँ भन्दा बढी बढ्ने तर्क गरिरहेका थिए ।  

सोही ब्रोकर हाउसको अर्को कुनामा बसेका केही लगानीकर्ताहरु भने हाइड्रो कम्पनीका विषयमा भलाकुसारी गर्दै थिए । एकजना लगानीकर्ता कालिका पावर कम्पनीको सेयर घटेर ४ सय पुग्न सक्ने अनुमान गर्दै थिए । अर्का लगानीकर्ताले हाइड्रो कम्पनीहरु अप्रत्यासित रुपमा बढ्ने गरेको बताए । उनले भने, ‘हावामा बढ्ने भनेकै हाइड्रो कम्पनीहरु हुन्, अहिले घटेरे सस्तो भएका हाइड्रो कम्पनीहरु कुन बेला ह्वात्तै बढ्छ थाहै नहुने ।’

त्यसैबीच अर्का लगानीकर्ताले भने सोल्टी होटलको सेयरभाउ बढी सप्लाई हुने गरेको कुरा सुनाए । ‘सोल्टी होटलको सेयर निकै कारोबार भएको छ, यसरी कारोबार भए त ५ सय सम्म पुग्छ कि !’ अनुमान लगाउँदै उनले भने, ‘कि सोल्टी उठाउनुपर्छ कि क्याहो ?’

त्यसैबीच एक लगानीकर्ताले भने लगानी गर्ने तयारी गरेको तर डुबिने डरले दोधारमा परेको बताए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.