मंगलवार, आश्विन १३,२०८३ 06:18:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:18:36
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जीरो: ब्रोकरहाउसमा देखियो दशैं प्रभाव, बजारमा भने चमक फर्किने संकेत

Bizshala
ग्राउण्ड जीरो: ब्रोकरहाउसमा देखियो दशैं प्रभाव, बजारमा भने चमक फर्किने संकेत
New Office

काठमाण्डौ । साप्ताहिक समाचार स्तम्भ ग्राउण्ड जीरोका लागि आज हामीले काठमाण्डौका पुतलीसडक र कमलादी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोभाव बुझ्ने कोशिश गरेका छौं ।  

दशैं लागेर पनि होला आज ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । सडकमा भने थामिनसक्नुको भीडभाड । हामी सबैभन्दा पहिला सानिमा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ८३)मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति औसत मात्र थियो । कारोबारको पहिलो सत्रमा बजार केही अंकले घटेको थियो । यही प्रसंगलाई जोडेर एक लगानीकर्ताले भने-'आजको बजार महत्वपूर्ण हुनेवाला छ । आज बढेर बन्द भयो भने त बजार माथि नै जान्छ । तर बजार बढ्ला जस्तो छैन ।' 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सँगै बसेका अर्का लगानीकर्ताले उनलाई जवाफ दिंदै भनेका थिए-'अन्तिमसम्म हेर्ने धैर्य गरौं साथी ।'  

यही ठाउँमा भेटिएका एक लगानीकर्ताले ठूलो ठानिएको नासा सेक्यूरिटिज पनि शिवम सिमेन्ट, एचआरएल जस्ता कम्पनीमा फसेको सुनाइरहेका थिए ।  

अर्का एक लगानीकर्ताले पहिलो त्रैमासिक रिपोर्ट केही सुधारोन्मुख आउने तर्क गरे । उनले थप्दै भने-'कर्जाको माग खासै बढ्न सकेको छैन  मौद्रिक नीतिमा वर्किङ क्यापिटल गाइडलाइन केही लचक भएर आउनुपर्छ । त्यसपछि त बजार निकै माथि जान्छ ।'  

ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थियो, बजार पनि दशैंको पिङ झैं तलमाथि मच्चिरहेको थियो । एकघण्टामा एक अर्ब ४० करोडको कारोबार भएको थियो ।  

त्यहाँबाट हामी श्वेता सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर २५)मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । केही उपस्थित लगानीकर्ता बजारप्रति खासै विश्वस्त देखिरहेका थिएनन् । आफूहरुलाई फाइनान्सको कारोबारी(आर्मी) बताउने ती लगानीकर्ताले केही कम्पनीको सेयर बेचेको बताए । उनले टीएमएस देखाउँदै भने-'लौ हेर्नुहोस मैले त बेचेँ ।  इजरेल र इरानको युद्ध पनि चलेको छ । अब जति बढे पनि बढोस् । मंसिरतिर सेयर किन्नु पर्ला ।'

उनीसँगै बसेका लगानीकर्ताले पनि आफूले दशैं खर्च उठाउन भ्याएको सुनाए । उनले थप्दै भने-'साहास बढेको बढ्यै छ । लकिङ खुलेको सेयर झनै बढेको छ ।' 

उनले पनि एकदुईदिन सेयर किन्नलाई विचार गर्नुपर्ने तर्क पेश गरेका थिए । यस बेलासम्म दिनको एक बजिसकेको थियो । बजार सामान्य अंकले बढ्दै थियो भने ब्रोकर हाउसहरु सुनसान थिए ।  

केही समयको बसाइँपछि हामी यहाँबाट कमलादीमा रहेको मल्ल एण्ड मल्ल सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । यहाँ पनि पहिलेको तुलनामा लगानीकर्ताहरुको संख्या कमै थियो । यसै ब्रोकरमा भेटिएका लगानीकर्ताहरुले बिकास बैंक किन्नुपर्ने तर्क गर्दै थिए । एक लगानीकर्ताले भने-'बढेछ भने बढेर नै किनौला, आजको बजारलाई हेरौं न । आज २५८० बाट फर्केको छ । २६५० माथि पुगेछ भने चाहिँ बिचार गर्नुपर्ला ।'  

उनीसँगै बसेका एक लगानीकर्ताले भने-'अरुले किन्न थालेपछि त हामीले बेच्नुपर्छ । ब्रोकरहरुले उधारो लिमीट केही खुकुल्लो गरेका छन् भन्छन् । बजार अब दशैं अगाडि राम्रैसँग बढ्नसक्छ।'  

यहाँबाट हामी कमलादिमा नै रहेको कोहिनूर सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको सँख्या निकै कम थियो । यसबेलासम्म दिनको २  बजिसकेको थयो । बजार बिस्तारै माथिको यात्रा गर्दै थियो । हामीले केही समय ब्रोकर सञ्चालकसँग कुराकानी गर्यौं । त्यहाँ भेटिएका ब्रोकरले सबैखालका दवाब सकिएका कारण अब बजारले राम्रै गति लिने अनुमान हामीलाई सुनाए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.