आईतवार, बैशाख ६,२०८३ 02:15:32
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:15:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताबीच बाढीपहिरोका चर्चा, घटेको बजारमा यस्तो छ रणनीति

भन्छन् ‘यो दशैंमा खसी होइन फर्सी’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्ताबीच बाढीपहिरोका चर्चा, घटेको बजारमा यस्तो छ रणनीति
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज भेटिएका धेरै लगानीकर्ताहरुले देशभर आएको बाढी पहिरो, दशैंं तथा सेयर बजारमा आफ्नो योजनाको विषयमा बढी वार्तालाप गरेको पाइयो । सबै भन्दा पहिले आज हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं ।

आज बजार बिहान सुरुदेखि नै  एकोहोरो घटेको थियो । आज जलविद्युत क्षेत्रमा बढी बिक्री दबाब परेको थियो । ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरुले राजधानीमा तरकारीको मूल्य निकै आकाशिएको समेत चर्चा गरे । एक लगानीकर्ताले भने, ‘हाम्रो सेयर भाउ घटेको छ । बाहिर तरकारीको भाउले आकाश छुन लागिसक्यो । यो दशैंमा त खसी होइन फर्सी पनि किनेर खान नसकिएला जस्तो छ  ।’ उनीसँगै स्वर मिलाउँदै अर्का एक लगानीकर्ताले भने, ‘बजार घटेर खसीको सट्टा कुखुरासम्म खानु पर्ला भनेको फर्सी पनि खान नसकिने भइयो ।’  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसै ब्रोकरमा भेटिएका केही महिला लगानीकर्ता भने बजार घटेकोमा अन्यौलमा देखिए । ‘नेता बोले पनि बजार घटेको घट्यै छ । बाढीपहिरो आए पनि घटेकै छ । जे जसरी पनि बजार घटेकै छ,’ एक महिला लगानीकर्ताला भनिन् । उनले बजार बढ्दा सबै बोल्ने तर घट्दा भने कोहि पनि नबोलेको आरोप लगाइन् । यस बेलासम्म दिनको १२ बजिसकेको थियो । बजार करिब ४३ अंक घटेर पुनः माथि लाग्दै थियो ।  

यहाँबाट हामी नक्सालमा रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२)तर्फ लाग्यौ । यहाँ भने खासै धेरै लगानीकर्ता थिएनन् । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरुले बजार असोज १५ गतेदेखि बढाउने खेलाडीको रणनीति रहको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ताले भनिन्, ‘मेरो चिनजानमा धेरै ठूला र खेलाडी लगानीकर्ता छन् । म त ३ हजारमा नै बेचेर निस्केको हो । उनले थप्दै भनिन्, ‘मेरो जानकारीमा आए अनुसार ठूलाले सेयर किनेका छैनन् । अब मंगलबारदेखि बजार पस्ने तयारी भएको छ ।’  

उनले साना लगानीकर्ताले किनेर बजार नबढ्ने दाबी गरिन् । ‘लौ, हेर्नुहोस आजको कारोबार । बजार बढ्न अब ठूला नै बजार पस्नु पर्छ । त्यसैले अब बजार १५ गतेदेखि नै बढ्छ,’ उनले भनिन् । यसै ब्रोकरमा भेटिएका अन्य पुरुष लगानीकर्ता पनि उनको बिचारमा सहमत देखिए ।  

CG Motors
Garima Development Bank
IME remit

यस बेलासम्म दिनको १ बजिसेकेको थियो । यहाँबाट हामी नयाँ ब्रोकर सन् सेक्युरिटज (स्टक ब्रोकर नम्बर ६४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिती खासै थिएन । यहाँ भेटिएका केही लगानीकर्ताहरुले भन्दै थिए, ‘अहिले पैसा हुनेले मज्जाले सेयर किन्दा हुन्छ । सेयरका मूल्य निकै घटेको छ ।’ यसबेलासम्म बजार एकपटक घटेर फर्कदै थियो ।  

हामी यहाँबाट नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि पहिले जस्तो लगानीकर्ता देखिदैनथे । बजार बढ्दा भिड लाग्ने यस ब्रोकरमा केही लगानीकर्ता निराश मुद्रामा ल्यापटप लिएर बसेका थिए । यस बेलासम्म दिनको २ बजिसकेको थियो । बजार  सामान्य अंकले बढेको थियो ।  

तर लगानीकर्ताहरुमा बजार बढ्ने कुनै विश्वास भने थिएन ।  यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘बजार अब त घट्न पुग्यो होला भनेर बजार पसियो,साथि हो । हामी पसे पछि पनि किनेको सेयरमा ५० रपैयाँ नोक्सानि भै सक्यो ।’ उनी संगै बसेका लगानीकर्ताले उनलाई साथ दिँदै भने, ‘यो बजार निकै तनाबपूर्ण रहेछ । किने पछि बढेन भनेर तनाव, बेचे पछि घटेन भनेर तनाव ।’ उनले हास्दै थप्दै भने, ‘यस्तो तालले त सेयर बजारमा लगानी गर्नेहरुको आयु त १० वर्ष कम हुन्छ जस्तो छ ।’  

आज २ बजे पछि एकपटक बढेका बजार अन्त्यमा भने धानिन भने सकेन । नेप्से परिसूचक आज २२ अंकले घटेर बन्द भयो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.