आईतवार, कार्तिक ३०,२०८२ 08:16:43
IME remit
  • आईतवार, कार्तिक ३०,२०८२ 08:16:43
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताको नजर सिमेन्ट र हाईड्रो कम्पनीतर्फ, खेलाडीका कारण बजार बढ्न नसकेको तर्क

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ताको नजर सिमेन्ट र हाईड्रो कम्पनीतर्फ, खेलाडीका कारण बजार बढ्न नसकेको तर्क
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।  

आज हामीले बागबजार, न्युप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।  

बजार खुलेको केही समयमा नै नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । प्रायः सबै ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । सेयरबजारसँगै लगानीकर्ताहरुले राजनीतिक विषयमा समेत बहस गरेका थिए । बजारको अवस्थाबारे लगानीकर्ताहरुको मिश्रित भाव देखिन्थ्यो ।  

इम्पेरियल सेक्युरिटिजः राजनीति विषयसँगै बोनसको चर्चा  

सर्वप्रथम हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा पुग्यौं । बजार भर्खरै खुल्दै थियो नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । उक्त ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो ।  

लगानीकर्ताहरु राजनीति विषयमा कुरा गर्दै थिए । फागुनमा हुने भनिएको चुनाव समयमै हुन्छ, या हुँदैन भन्ने जस्ता विषयमा लगानीकर्ताहरु अन्योलता भाव व्यक्त गर्दै थिए । साथै केहीले भने जग्गाको हदबन्दी विषयमा जिज्ञासा राखिरहेका थिए ।  

त्यत्तिकैमा एकजना लगानीकर्ताले साहज उर्जाको बोनस सेयर र बुकक्लोजको कुरा निकाले । ‘साहज उर्जाको बुकक्लोजको मिति तय भएको हो र ? यसको बोनस खाने कि नखाने दोधारमा छु फेरी शतप्रतिशत हकप्रद पनि आउँदै छ, राइट भर्न मात्रै १०÷१५ लाख लाग्छ’ ती लगानीकर्ताले भने, ‘बोनस खाम भने तत्कालै किन्न पैसा छैन फेरी बुकक्लोज पनि चाँडै सकिँदैछ, फुत्किने भो यो कम्पनी ।’

साथै अर्का लगानीकर्ताले पनि महालक्ष्मी विकास बैंकले यसपटक राम्रै लाभांश दिएको कुरा गर्दै भने, ‘यो पटक त महालक्ष्मी विकास बैंकले पनि राम्रै लाभांश दिने निर्णय गरेको छ, यसको सेयर उठाउँ कि भन्ने सोचिराको छु ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिजिटः ‘सिमेन्ट कम्पनीहरुको रिर्पोट राम्रो आएको छ’

दिउँसोको साढे १२ बजेको थियो, हामी दोस्रोमा अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा गयौं । उक्त ब्रोकर हाउसमा पनि महिला लगानीकर्ताहरुसहित बाक्लो उपस्थिति देखिन्थ्यो ।  

लगानीकर्ताहरु एकआपसमा गफिदै थिए त्यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘यो भूगोल इनर्जी कम्पनीको सेयर किन्ने बेला भयो कि क्या हो निकै घट्यो त’ उनको कुरा सकिन नपाउँदै अर्की महिला लगानीकर्ताले भनिन्, ‘यो कम्पनीको सेयर कित्ता एकदमै थोरै छ है विचार गर्नुपर्छ यसमा चलखेल हुन सक्ने सम्भावना हुन्छ ।’

अर्का लगानीकर्ताले भने पियोर इनर्जीको सेयर किन्न सुझाव दिदै थिए । ‘बरु पियोर इनर्जीको सेयर किन्ने बेला भएको छ है किन्दा हुन्छ’ उनले भने, ‘अस्ति दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावरको सेयर पनि अब किन्ने बेला भएको छ भन्दै थिए त विचार गर्नु है साथीहरु ।’

उनको कुरालाई असमर्थन जनाउँदै अर्का लगानीकर्ताले भने थोरै कम्पनीको सेयर किन्ने तर राम्रो बोनस दिन सक्ने कम्पनी किन्ने बताउँदै थिए । ‘१० को ठाउँमा ५ वटा कम्पनी किन्ने तर राम्रा कम्पनी छान्नुपर्छ’ उनले भने, ‘बरु अहिले सिमेन्ट कम्पनीहरुको रिर्पोट राम्रो आएको छ, डिभिडेन्ट पनि राम्रो दिन सक्ने देखिन्छ म त सिमेन्ट कम्पनीहरु छानेर किन्नुपर्ला ।’

CG Motors
Muktinath Bikas Bank Limited

भिजन सेक्युरिटिजः ‘खेलाडीहरुले बजार बढ्न दिएनन्’

त्यसपछि हामी घट्टेकुलो चोकमै रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) मा गयौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । लगानीकर्ताहरु आ–आफ्नै मोबाइलमा व्यस्त देखिन्थे ।  

केहीले सूचीकृत कम्पनीहरुको राइट सेयर र बोनस सेयरको विषयमा कुरा गर्दै थिए भने केहीले मोबाइलमा आएका राजनीतिक विषयमा बहस गर्दै थिए । एकजना लगानीकर्ताले फोनमा कुरा गर्दै भने, ‘अहिले ठूलो लगानीकर्ताहरु जुन दीर्घकालिन लगानी गर्छन्, उनीहरु सबै सेयर बेचेर पैसा निकालेर बसेका छन्, जति पनि कारोबार भइरहेको छ, त्यो सबै खेलाडी र ट्रेडरहरुको काम हो ।’

एकछिनपछि उनी अर्का लगानीकर्तासँग पनि कुरा गर्दै पछिल्लो बजारको विषयमा कुरा गर्दै थिए । ‘अब बजार तत्कालै बढ्ने कुनै चान्स नै छैन, खेलाडीहरुले केही स्क्रिप्ट चलाएर चलखेल गरेर मात्रै बजार चलिरहेको छ’ उनले भने, ‘अहिले ठूला लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन्, ट्रेडर र खेलाडीहरुले बजार झन घटायो, बजारलाई सस्टेन हुनै दिएन ।’

अनलाइन सेक्युरिटिजः ‘यसपटक हाइड्रो कम्पनीहरु चल्न सक्छ’

अन्तिममा हामी बागबजारमा रहेको अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)मा गयौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो ।  

टीएमएस डिस्प्ले बोर्डमा हेर्दै लगानीकर्ताहरु विभिन्न स्टकका विषयमा कुरा गर्दै थिए । त्यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘यो भर्खरै आएका नयाँ कम्पनीहरुमा लगानी गर्नुहुँदैन फसिने सम्भावना धेरै हुन्छ । फेरी अहिले बैंक वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुको रिर्पोट पनि राम्रो आएका छैनन् के मा पो लगानी गर्ने दोधारमा छु ।’

साथै अर्का एकजना लगानीकर्ताले भने साहस उर्जाको विषयमा कुरा गर्दै थिए । उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘अहिले सबैभन्दा हाइड्रोमा मलाई सबैभन्दा राम्रो लागेको कम्पनी भनेकै साहस उर्जा हो, यो कम्पनीको उत्पादन क्षमता राम्रो छ र अहिले पहिलो त्रैमासमै यसको इपीएस ५२ रुपैयाँ हुनु कुनै जोक होइन । अन्तिमसम्म यसको उत्पादन क्षमता बढेर आम्दानी र मुनाफा अझै बढ्न सक्ने देखिन्छ, हो यसता कम्पनीमा लगानी गर्दा डुबिदैन ।’

साथै ती लगानीकर्ताले यसपटक अन्य कम्पनीभन्दा हाइड्रो कम्पनीहरु बढी चल्न सक्ने भनाई समेत ब्यक्त गर्दै थिए । ‘अहिले हिउँ पग्लिसकेको छैन यसकारण हाइड्रो कम्पनीहरुको उत्पादन क्षमता त्यति नघट्ने देखिन्छ’ उनले भने, ‘साथै अहिले बैंकहरुको ब्याजदर निकै घटेको छ, यसले हाइड्रो कम्पनीहरुलाई प्लस पोइन्ट हुन जान्छ ।’

केही समयपश्चात् एकजना लगानीकर्ताले  भने आजै नेपाल रि इन्स्योरेन्सको सेयर १२६३ रुपैयाँमा किनेको र आजै १३४० भन्दा माथि पुगेको भन्दै खुशी भाव व्यक्त गर्दै थिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.