मंगलवार, फाल्गुन ५,२०८२ 05:44:33
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:44:33
Bizshala
Global IME Bank Limited

बजार घट्दा ग्राउण्ड जिरोका लगानीकर्ताको मनोबलमा कमी, नराम्रा कम्पनीको आईपीओले बजार बढ्न नसकेको गुनासो

बजार घट्दा ग्राउण्ड जिरोका लगानीकर्ताको मनोबलमा कमी, नराम्रा कम्पनीको आईपीओले बजार बढ्न नसकेको गुनासो
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।  

आज हामीले नागपोखरी, न्युप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।  

बजार खुलेको केही समयमा नै नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । सँधै लगानीकर्ताहरुको बाक्लो उपस्थिति हुने ब्रोकरहाउसहरु पनि आज सुनसान जस्तै नै थियो । बजार घटेकाले उपस्थित लगानीकर्ताहरुमा उत्साहपन देखिदैनथ्यो । लगानीकर्ताहरु सेयरबजार भन्दा पनि सामाजिक, व्यक्तिगत र राजनीतिक कुराहरुमा बढी गफिएका थिए ।  

प्रज्ञान सेक्युरिटिजः नराम्रा कम्पनीले आइपीओ निकाल्दा बजार बढ्न सकेन

सर्वप्रथम हामी नागपोखरीस्थित प्रज्ञान सेक्युरिटिज (ब्रोकर नं.१०) पुग्यौं । नेप्से परिसूचक दोहोरो अंकले घटीसकेको थियो । सबैजना अबको बजार के होला बढ्ला कि घट्ला भन्ने आँकलन गरिरहेका थिए ।  

प्राय सबैजना आ–आफ्नो स्क्रिप्टका विषयमा कुरा गर्दै थिए । हाइड्रो सेक्टरमा युनिभर्सल पावर, साहज उर्जा, इष्टर्न हाइड्रोपावरको विषयमा चर्चा हुदै थियो । एकजना लगानीकर्ताले प्रोमोटरवालाहरुले गर्दा सेयर बढ्न नसकेको गुनासो पोखे ।  

त्यस्तै, अर्का लगानीकर्ताले भने बजारमा जस्तो पायो त्यस्तै कम्पनीको आइपीओ आउँदा बजारको स्थायीत्वमा प्रभाव पारेको बताए । ‘अहिले मात्रै केही कन्ट्रोल भएको छ, नत्र केही समयअघि जस्ता कम्पनीले पनि आइपीओ निकाल्ने र राम्रो कम्पनीले फेरी प्रिमियममा आइपीओ निकाल्दा बजारको लय बिग्रिएको छ’ उनले भने, ‘धितोपत्र बोर्डले पहिल्यै आइपीओ निष्कासनको अनुमति दिदा कडाई गरेको भए बजारमा नराम्रा कम्पनी आउन पाउँदैनथ्यो ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दिव्या सेक्युरिटिजः बजार घट्ने र बढ्ने विषयमा बाजी  

दोस्रोमा हामी न्यूप्लाजास्थित दिव्या सेक्युरिटिज (ब्रोकर नं.५९) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । लगानीकर्ताहरु उक्त ब्रोकर हाउसका कर्मचारीहरुसँग गफ गर्दै थिए ।  

एकजना कर्मचारीले आज बजार हरियो हुने र बाजी लगाउने कुरा निकाले । त्यत्तिकैमा अर्का कर्मचारीले भने, ‘आज बजार कुनै हालतमा पनि बढ्न सक्दैन, केही गरी बढीहालेमा त्यहि २÷३ अंकले मात्रै बढ्ला’ उनले भने, ‘बजार बढ्ने कुनै आधार नै देखिन्न, कारोबार रकम पनि न्यून छ, लगानीकर्ताहरुमा कुनै उत्साह देखिदैन ।’

उक्त कर्मचारीको भनाईलाई समर्थन गर्दै त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘हो–हो बजार त आज कुनै हालतमा पनि बढ्दैन नत्र भने लौ ५ हजार रुपैयाँमा बाजी ठोकौ कस्ले मार्छ बाजी हेरौं त !’

भिजन सेक्युरिटिजः आन्दोलनको चर्चा  

त्यसपछि हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौ । सँधै बाक्लो उपस्थिति रहने उक्त ब्रोकर हाउसमा आज भने लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । प्रायजसो लगानीकर्ताहरु आ–आफ्नै मोबाइल चलाउन व्यस्त देखिन्थे ।  

विस्तारै लगानीकर्ताहरुको आउने क्रम जारी थियो । केही समयपछि लगानीकर्ताहरुको उपस्थिति बाक्लो हुन थाल्यो । बजार दोहोरो अंकले घटेको थियो । एकजना लगानीकर्ता भने मस्त फोनमा गफिदै थिए । उनले फोनमा बोल्दै भने, ‘के हुनु बजार घटेको घट्यै छ, बेहाल छ नि आज पनि रातो पोतिसकेको छ, साहज उर्जाको सेयरभाउ पनि घटेको छ, पोर्टफोलियो घटेर तल आइसक्यो ।’

एकछिनपछि दुईजना लगानीकर्ताहरु एकआपसमा राजनीतिक विषयमा गफ गरेको सुनियो । ‘दुर्गा प्रसाईको आन्दोलन हुने कुरा छ, होला त ?’एकजना लगानीकर्ताले प्रश्नभाव व्यक्त गर्दै भने, ‘दुर्गा प्रसाईको पनि केही कुरा त मलाई गज्जब लाग्छ, केही गरी आन्दोलनको माहोल मिलायो भने त बजार दौडिन्छ जस्तो लाग्छ मलाई त ।’

एकछिनपछि अर्का लगानीकर्ताले भने आफुलाई सागर डिष्टिलरीको आइपीओ परेको र कतिसम्म पुग्ला भनेर जिज्ञासा व्यक्त गरे । उनको जिज्ञासालाई उत्तर दिदैं अर्का लगानीकर्ताले भने, ‘हिमालयन डिष्टिलरी जस्तै रक्सी कम्पनी नै होनी, ढुक्क हुनुस् कम्तिमा पनि १५ सय जति त पुग्छ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इम्पेरियल सेक्युरिटिजः बजारभन्दा राजनीतिक विषयको चर्चा  

अन्त्यमा हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५)मा पुग्यौं । सँधैझै उक्त ब्रोकर हाउसमा सेयरबजार भन्दा राजनीतिक विषयमा नै बढी गफ चलिरहेको थियो ।  

लगानीकर्ताहरु चुनावको विषयमा पनि कुरा गरिरहेका थिए । एकजना लगानीकर्ताले भने पुराना नेताहरु सबै एकै खालको भएको र अन्यलाई मान्छे नगन्ने गुनासो पोख्दै थिए । ‘पुराना नेताहरु कोही पनि काम लाग्ने छैनन्, आफु बाहेक अरुलाई मान्छे नै गन्दैनन्’ उनले भने, ‘अबको चुनावमा त सबैले सोच्नै पर्छ, त्यस्ता काम नगर्ने गफ मात्रै दिने नेतालाई कदापी भोट दिनु हुँदैन ।’

ती लगानीकर्ताको भनाई काट्दै अर्का लगानीकर्ताले भने, ‘पुराना मात्रै होइनन्, अहिलेका पनि उस्तै हुन्, ठाउँमा पुगेपछि सबै उस्तै हुन् धरातल बिर्सिन्छन् ।’

त्यतिकैमा एकजना लगानीकर्ताले भने लौ बजार त ३१ ंअंकले घट्यो आज बजार ५० भन्दा बढीले घट्छ कि क्याहो भन्दै सुनाए । उनको कुरा सकिन नपाउँदै अर्का लगानीकर्ताले भने फ्रस्टेसन भावमा जति सुकैले घटोस् अब या भन्दा कति घट्दो रहेछ भन्दै आफ्ना तर्क राख्दै थिए ।  

एकछिनपछि उनले फेरी भने, ‘अब बजार थप २४ अंकले घट्यो भने यो भन्दा बजार घट्ने ठाउँ नै सकिन्छ अनि बजार बढ्न सक्छ ।’ अर्का लगानीकर्ता भने नेप्सेमा कारोबारमा आएका कम्पनीमा केही कम्पनीको विषयमा मात्रै विश्लेषण गर्दा अन्य लगानीकर्ता फसेको बताए ।  

‘आज ३१२ कम्पनीको कारोबार भइरहेको छ, कुनै विश्लेषकहरुले सो मध्ये २ वटा कम्पनीको मात्रै क्याण्डल बनाएर विश्लेषण गर्छन् अनि हामी त्यहि कम्पनी नै हेरेर लगानी गछौं अनि फस्छौं’ उनले भने, ‘अहिले सामाजिक सञ्जालहरुमा जो पनि बाठो भएर विश्लेषण गरेको देखिन्छ, त्यसको पछि लाग्दा फसिने डर हुन्छ ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.