आईतवार, फाल्गुन ११,२०८१ 03:15:39
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:15:39
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा फर्कियो रौनक, बढ्दो बजारबाट घरजग्गा जोड्नेसम्मको योजना

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्तामा फर्कियो रौनक, बढ्दो बजारबाट घरजग्गा जोड्नेसम्मको योजना
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज मौद्रिक नीति आएपछि पहिलो सेयर कारोबार भएको कारण लगानीकर्ताहरुले आजको सेयर बजारलाई निकै उत्सुकताका साथ हेरेका थिए ।

आज ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थित खचाखच थियो । आज राजधानीका ब्रोकरहाउस मात्र नभएर धेरैजसो ब्रोकरहाउसहरु भएको पुतलीसडक क्षेत्रका सडकमा समेत निकै भिडभाड देखिन्थ्यो । आज हामी बिहान १० बज्दा नबज्दै पुतलीसडकका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज हामी सबै भन्दा पहिले अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । अघिपछि १२ बजे पनि नभेटिने लगानीकताहरु आज भने १० बजे नै ब्रोकरहाउसहरुमा भरिभराउ देखिन्थे ।

ब्रोकरहाउमा १० बजेदेखि नै चहलपहल देखिन्थ्यो भने फोनका घण्टीहरु पनि निरन्तर बजेको सुुनिन्थ्यो । धेरै लगानीकर्ताहरुले ब्रोकर सञ्चालकलाई फोन गरेर बजारको अवस्था र स्क्रिप्टको विषयमा जिज्ञासा राखेको पाइन्थ्यो ।

आज विहान ११ बजे बजार खुल्ने बित्तिकै एक मिनेटमा नै ४ प्रतिशतले बढेर कारोबार बन्द भयो । बजारमा देखिएको सुरुवाति उछालले लगानीकर्तामा उत्साह छायो । केही लगानीकर्ताले तालि बजाएर खुसी व्यक्त गरेको देखियो । त्यहाँ उपस्थित एक महिला लगानीकर्ताले अझै पनि आफ्नो साँवा नउठेको बताइन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले भनिन् , ‘मेरो त अझै साँवा पनि आएको छैन । बजार बढ्यो भने त हाइड्रो बेचेर सुरक्षित बैंकतर्फ सिफ्ट हुने हो । बैंकमा धेरै घाटा पनि हुँदैन ।  

कारोबार बन्द भएको २० मिनेटपछि खुलेको बजारमा ११ बजेर २१ मिनेटमा फेरि अर्को सर्किट लाग्यो । बजारले पुनः दोस्रोपटक अपर सर्किट हानेपछि ब्रोकर हाउसमा उपस्थित लगानीकर्ता खुसी छायो ।  

केही समयको बसाईपछि हामी श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५)मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको राम्रो उपस्थिती थियो । बजारमा दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । यत्तिकैमा एक जना लगानीकर्ता नमस्कार है भन्दै हातमा क्याप  ब्रोकर हाउसमा छिरे । ब्रोकरहाउस छिरेपछि उनले सोधे‘ के भयो बजार ?’ ब्रोकर हाउसमा बसेका लगानीकर्ताले उनलाई स्वागत गर्दै भने, ‘बस्नुस् है वकिल साप । आज बजार २ सर्किट लागेर बन्द भएको छ । अब तेस्रो सर्किटको पालो छ । अब ४० मिनेट धैर्य गर्नुस् । उनले थप्दै भने, ‘संस्थागत लगानीकर्ताहरुले पैसा खनाउँदै छन । त्यसैले बैंकमा उछाल आएको छ ।’

उनीसँगै बसेका लगानीकर्ताले भने बजार संधै यसरी नबढ्ने तर्क गरे । ‘बजार राम्रै बढेको छ । केही न केही करेक्सन आउँछ होला ।’ उनलाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘बजार अहिले इन्ट्रा डे करेक्सन हुँदै बढेको छ । ठूलो करेक्सन त नआउँला ।’

केही समयको बसाईपछि हामी नजिकै रहेको सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थित राम्रै थियो । यसबेलासम्म दिनको १ बजिसकेको थियो । बजारमा केही बिक्री दवाब पर्दै थियो । ‘बजार त राम्रै बढ्छ जस्तो छ । सरकारलाई पनि पूँजीबजार बढाएर देखाउनु परेको छ ।’ एक लगानीकर्ताले यसो भन्दै उठेर सेयर किन्न लागे । यस ब्रोकर हाउसमा पनि लगानीकर्ताहरुमा निकै उमंग देखिन्थ्यो ।

केही समयको बसाईपछि हामी कलश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यहाँ पनि लगानीर्ताको उपस्थिति राम्रै थियो । यस ब्रोकरमा केही लगानीकर्ताहरुले घरजग्गाको विषयमा पनि चर्चा गरेको सुनियो । यसै ब्रोकरमा भेटिएको एक लगानीकर्ताले भने, ‘आज सेयर पनि किनियो । अब राधेराधेको ४ आना जग्गा पनि किन्ने हो । बैंकको ब्याज निक्कै सस्तो छ । घरजग्गा र सेयर बजार अब राम्रै चल्छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.